७ वैशाख २०८१ शुक्रबार
अर्थ

‘नेपाल लाइफ अनमोल जीवन’ योजना सार्वजनिक

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल लाइफ अनमोल जीवन बिमा योजना सार्वजनिक गरेको छ।

यो योजना मुनाफामा सरिक हुने सावधिक तथा आजीवन जीवन बिमा रहेको कम्पनीले जनाएको छ। मानिसको अनमोल जीवनमा विभिन्न जोखिमबाट आइपर्ने क्षतिलाई बिमाको माध्यमबाट न्यूनीकरण गर्न कम्पनीले सावधिक र आजीवनको विशेषता भएको ‘नेपाल लाइफ अनमोल जीवन’ बिमा योजना बजारमा ल्याएको विज्ञप्तिमा उल्लेख छ।

बिमा अवधि समाप्तीपछि पनि जोखिम बहन गर्नुका साथै कम्पनीले बहन गर्ने जोखिमअन्तर्गत बिमितले चाहेको समयमा उक्त जोखिम बहन बापतको सम्पूर्ण मूल्य भुक्तानी लिनसक्नु यो योजनाको अर्को विशेषता रहेको कम्पनीले जनाएको छ।

प्रकाशित: २ चैत्र २०७८ ०३:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App