२४ श्रावण २०७९ मंगलबार
अर्थ

रुस-युक्रेन द्वन्द्वले नेपालको आरोहण क्षेत्र प्रभावित

युक्रेनमा रुसको निरन्तर आक्रमणले विश्वलाई उच्च सतर्कतामा राखेको छ। विश्व कोभिड–१९ को महामारीबाट भर्खरै बाहिर निस्कँदा, द्वन्द्वले दुवै देशका मात्रै नभई पूरै युरोपका उद्योग व्यवसायलाई पनि असर गरेको छ।

यससंगै रुसले युक्रेनमाथि गरेको युद्धको असर नेपालको पर्यटन क्षेत्रमा पनि परेको छ। नेपालले सन् २०२१ मा ९९७ युक्रेनी र २,१०७ रुसीहरूलाई स्वागत गरेको थियो। दुई देशबीचको द्वन्द्वपछि यो वर्ष संख्या घट्ने अनुमान गरिएको छ। सन् २०२२ को जनवरी र फेब्रअरीमा गरेर २ सय ६० रुसी र ४१ युक्रेनी नागरिक नेपाल प्रवेश गरेका छन्।

सन् २०२१ को वसन्त आरोहण सिजनमा ७ सय ४२ आरोहण अनुमतिपत्र जारी गरिएको थियो। पर्यटन विभागले सोही आरोहण सिजनमा आरोहण परमिटबाट ७१४.८५ मिलियनभन्दा बढी राजश्व संकलन गरेको थियो। उक्त रकममध्ये सगरमाथा आरोहण अनुमतिपत्र जारी गरेर मात्रै ६६१ करोड ३१ लाख रुपैयाँ संकलन भएको थियो।

त्यसैगरी अन्य हिमालमा यात्रा बुकिङ गरेका १८ ग्राहक र ७० पदयात्रीले पनि एजेन्सीमा बुकिङ रद्द गरेको सेभेन समिटका थानेश्वर गुरागाँईले बताए। 'यसमा धेरै पोल्याण्ड, रूस र युक्रेनका नागरिकहरू थिए,' गुरागाइँले भने।

त्यसैगरी, अमाडाब्लम एक्सपिडिसनले पनि यस पर्वतारोहण सिजनमा रसिया र युक्रेनबाट एउटै ग्राहकलाई देखेको छैन। यद्यपि यो आरोहण सिजनमा पर्यटन र पर्वतारोहणको लागि कम गिरावटलाई समस्याकोरूपमा नदेखे पनि, युक्रेनमा युद्ध जारी रह्यो भने निम्न आरोहण सिजनहरूमा अनुमति जारी गर्नमा उल्लेखनीय गिरावट देखिन सक्छ।

'यस आरोहण सिजनका लागि जारी गरिने इजाजतपत्रको संख्या गत वर्षको वसन्तमा जारी गरिएको इजाजतपत्रको संख्याभन्दा बढी हुने अनुमान गरिएको छ। तर, द्वन्द्व बढ्दै गएमा आरोही समुदायले शरद ऋतुको आरोहण सिजनमा कम संख्या देख्न सक्छन्,' नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामाले जानकारी दिए।

'यस सिजनमा रुस र युक्रेनका कुनै पर्वतारोही नेपालमा आरोहण गर्ने सम्भावना पनि कम छ, केही पर्यटकले नेपाल भ्रमणको योजना रद्द गरे पनि संख्या दुईदेखि चार प्रतिशतले मात्रै घटेको छ,' उनले भने। यसका कारण पर्वतारोहण उद्योगमा गम्भीर असर नपर्ने लामाले आश्वासन दिए।

यसैगरी सरकारले यसपटक आरोहण सिजनका लागि अनुमति दिन थालेको पर्यटन विभागका सूचना अधिकारी मोहनबहादुर जिसीले बताए। युरोपको द्वन्द्वले मुलुकको पर्यटन र पर्वतारोहणमा अहिलेसम्म कुनै असर नपरे पनि युद्धको असर नेपालले भोग्ने सम्भावना रहेको उनको भनाइ छ।

महामारीपछिको वर्षमा राम्रो सुरुवात गर्ने सरकारी निकाय र समुदायबाट आश्वस्त भए पनि अप्रत्याशित भविष्यका बारेमा कुनै पनि प्रतिज्ञाहरू छैनन्। पर्यटन व्यवसायी र श्रमिकहरूले आफ्नो व्यवसायलाई दिगो बनाउनका लागि पहलहरू कार्यान्वयन गर्न खोज्छन्।

‘पर्यटन तथा पर्वतारोहण पेशा सरोकारवालाका लागि असुरक्षित भएको छ। पर्यटन अर्थतन्त्रको पुनरुत्थानलाई गति दिन सरकारले रोजगार सुरक्षा प्रोटोकलमा ध्यान केन्द्रित गर्न र होटल र पर्यटन व्यवसायीहरूको लागि कर घटाउन आवश्यक छ,' गुरागाईले भने।

‘महामारीले रोजगारी, होटल, साना व्यवसाय र यहाँसम्म कि पर्यटन क्षेत्रमा काम गरिरहेका समुदायहरूलाई असर गरेको छ। धेरै शेर्पाहरू पर्वतारोहणमा धेरै निर्भर छन्। बिस्तारै पुनरुत्थान भएको क्षेत्रले पर्यटन र पर्वतारोहण क्षेत्र घाटा ल्याइरह्यो भने धेरै पर्यटन व्यवसायीहरूले क्षेत्र छोडेर अर्को व्यवसायमा गर्ने देख्नेछन्। प्रभाव सहन सक्नेहरूले क्षेत्रमा काम गरिरहनेछन्, अरूले विकल्प खोज्नेछन्, ”उनले थपे।

यसैबीच सन् २०२२ को शुरुवातदेखि नेपालले राम्रो सङ्ख्यामा पर्यटकलाई स्वागत गरेको छ। जनवरी महिनामा १६ हजार ९७५ विदेशी पर्यटक नेपाल आएका छन्। त्यस्तै फेब्रुअरीमा १९ हजार ७६६ विदेशी आएका छन्।

प्रकाशित: २७ फाल्गुन २०७८ १४:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App