सिद्धार्थ बैंक लिमिटेडले काठमाडाैँस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई १५ लाख रूपैयाँ आर्थिक सहयोग गरेको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेलले केन्द्रका कार्यकारी निर्देशक चन्द्रमणि अधिकारी उक्त रकम हस्तान्तरण गरेका छन्। सहयोग गरेको उक्त रकमले अस्पताललाई सर्जिकल वार्ड विस्तार गरी बेडहरू थप गर्नका लागि उपयोग हुने बैंकको अपेक्षा छ।
प्रकाशित: २७ फाल्गुन २०७८ ०३:४१ शुक्रबार