१ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

आज सुनको मूल्य एक लाख तीन हजार रुपैयाँ

आज सुनको मूल्य प्रतितोलामा एक हजार १०० रुपैयाँले बढेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा एक हजार १०० रुपैयाँले बढेर एक लाख तीन हजार रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि आइतबार छापावाल सुन तोलाको एक लाख एक हजार ९०० रुपैयाँमा  कारोबार भएको थियो। यसैगरी, सोमबार तेजावी सुनको मूल्य तोलाको एक लाख दुई हजार ५०० रुपैयाँ तोकिएको छ। चाँदीको मूल्य पनि प्रतितोलामा १० रुपैयाँको दरले बढेको छ।

आइतबार एक हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार एक हजार ४२५ रुपैयाँ निर्धारण गरिएको छ। यसैबीच, सरकारले  सुन आयातमा कटौती गरेको छ। नेपाल राष्ट्र  बैंकले आइतबार जारी गरेको सूचनाबमोजिम दैनिक १० किलो मात्र सुन आयात गर्नेगरी तोकेको हो। वाणिज्य बैंकहरुले यसअघि  दैनिक २० किलो सुन आयात गर्न पाउँथे।

प्रकाशित: २३ फाल्गुन २०७८ ०६:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App