२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

म्याग्दीमा फर्निचर व्यवसायी संगठित

भारतीय मजदुरले सस्तोमा भन्दै गुणस्तरहिन काम गरी व्यवसायीको वदनाम गर्न थालेपछि म्याग्दीमा वनपैदावर (फर्निचर) व्यवसायी संगठित भएका छन्।

म्याग्दी र छिमेकी पर्वत जिल्लाको जलजला गाउँपालिकामा रहेका  फर्निचर व्यवसायीको भेलाले कानुनी प्रक्रिया पालना गरेर आउने व्यवसायीलाई नै असर गर्ने गरी विना दर्ताका व्यवसायीको पहिचान गर्न एकजुट भएको बताएका छन्। भेलाले कृष्ण जिसीको अध्यक्षतामा १५ सदस्यीय तदर्थ समिति गठन गरेको छ। भेलाबाट उपाध्यक्षमा दिनेश केसी, सचिवमा मुकुन्द शर्मा, कोषध्यक्षमा सुदीप बानियाँ, सहसचिवमा राजेन्द्र रेग्मी रहेका छन्।

समितिको सदस्यहरुमा राजकुमार क्षत्री, वलबहादुर विश्वकर्मा, खिलबहादुर विश्वकर्मा, गोविन्द रिजाल, ओमबहादुर किसान, विरेन्द्र किसान, लोकबहादुर हर्मेल, रिता खत्री, मिलन बानियाँ र समबहादुर विक रहेको सहसचिव रेग्मीले बताए। समितिको सल्लाहकारमा वालकृष्ण सुवेदी, प्रमोद श्रेष्ठ, कुविर श्रेष्ठ, डम्बर सापकोटा र छेमप्रसाद गर्वुजा मगर छन्। केही भारतीयहरुले मजदुरको समूह परिचायन गरी विना दर्ता र राज्यलाई कर समेत नतिरी काम गरे चुनौती दिने गरेको अध्यक्ष केसीले बताए। जिल्लाभित्र फर्निचर व्यवसाय सञ्चालन गरिरहेका विभिन्न राजनीतिक दलसँग आवद्ध भएपछि संस्थागत काम गर्न सहज भएको बताइएको छ।

कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले सम्बोधन गदैं व्यवसायीको समस्यालाई समाधान गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए। भारतीयले सस्तोमा भन्दै घरघरमा पुगेर काम गर्ने, महंगो र गुणस्रहिन काम गरी फर्निचर व्यवसायीको बदनाम गरेकाले एकता र सहकार्य आवश्यकता रहेको भेलामा सहभागीले बताएका थिए। भारतीयलाई समेत कानुनी प्रक्रिया पुरा गरी व्यवसायमा प्रतिस्पर्धा गर्न समेत व्यवसायीले चुनौती दिएका छन्। म्याग्दीमा विना दर्ता काम गर्ने करिब ५० भन्दा बढी व्यवसायी रहेको अनुमान गरिएको छ।

प्रकाशित: २२ फाल्गुन २०७८ १०:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App