२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

घरजग्गा कारोबार गर्न सरकारसँग स्पष्ट नीति छैन: इच्छाबहादुर वाग्ले

घरजग्गा कारोबार गर्न तीनै तहका सरकारसँग स्पष्ट नीति नभएको घरजग्गा व्यवसायीहरुले बताएका छन्। घरजग्गा व्यवसायीहरुले घरजग्गाको पल्टिङ भन्दा केही घरजग्गाको विषयमा ज्ञान नभएकाले पनि व्यवसाय सुरु गरेकाले नीतिगत रुपमा समेत समस्या आएको बताएका छन्।

घरजग्गा कारोबारमा नीतिगत अस्पष्टताका कारण व्यवसायीलाई नीतिगत रुपमा चलाउन नसक्नु सरकारको कमजोरी भएको बताएका छन्। व्यवसायीहरुले सरकारको नीतिगत कमजोरीको कारण घरजग्गाको कुनै जानकारी नभएकाको हातमा पुगेको व्यवसायीहरुको आरोप छ।

नेपाल जग्गा तथा आवास विकास संघ (एनएलएचडीए)का अध्यक्ष इच्छाबहादुर वाग्लेले घरजग्गा कारोबारको लागि तीनै तहका सरकारसँग स्पष्ट नीतिगत व्यवस्था नभएको बताएका छन्। वाग्लेले बिहिबार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै घरजग्गा कारोबारको लागि तीनै तहका सरकारसँग स्पष्ट नीति नभएको बताएका हुन्।

उनले सरकारसँग स्पष्ट नीति नभएको कारण घरजग्गाको कारोबार योजना अनुसार हुन नसकेको बताए। सरकारले पुरानै शैलीमा काम गरेकाले घरजग्गाको मूल्य उच्च भएको अध्यक्ष वाग्लले बताए। उनले नीजि क्षेत्रलाई योजना बनाउन दिएर काम गर्न दिए घरजग्गाको मूल्यवृद्धि २० प्रतिशत भन्दा नजाने दावी गरे।

घरजग्गा कारोबार कुनै जानकारी नभएकाले पनि गर्न थालेकाले अव्यवस्थित रुपमा हुने पल्टिङ रोक्नको लागि सरकारले एकद्वार प्रणालीमा ल्याएर नियमनकारी निकाय खडा गर्नु पर्ने उनको भनाई छ। अध्यक्ष वाग्लेले पछिल्लो समय घरजग्गा कारोबार नियमन गर्ने निकायले इर्षा गरेर  घरजग्गा कारोबार विस्तापित गर्न खोजेको आरोप लगाए।

उनले नाफा धेरै कमाएको देखेर सरकारको नियमनकारी निकायको नै आँखा लाग्न थालेको बताए। अध्यक्ष वाग्लेले घरजग्गा कारोबारमा लगानी पनि ठूलो लाग्ने भएकाले आम्दानी पनि बढी हुने गरेको स्वीकार गरे। उनले घरजग्गा व्यवसायीले प्राडो गाडी चढेर हिड्ने हामी सरकार सन्चालन गर्ने, मुलुकको राष्ट्र चलाउने केही छैन भनेर इर्षा भएकाले कारोबारमा कडाइ गरिएको दाबी गरे।

सरकारले घरजग्गा कारोबारलाई विस्तापित गर्ने दृष्टिकोणले हेरेको उल्लेख गरे। त्यस्तै वाग्लेले घरजग्गामा बैंकहरुको धेरै लगानी रहेकाले कारोबारमा कडाई गर्दा व्यवसायी मात्रै नभएर बैंकहरु पनि ढुब्ने बताए। उनले बैंकहरु आफैले ८ प्रतिशतमा झरेको ब्याजदर बढाएर १० प्रतिशत भन्दा माथि पुर्‍याउँदा व्यवसायीलाई समस्या भएको उल्लेख गरे।

बैंकहरु पछिल्लो समय नाफा कमाउन मात्रै काम गर्न लागेको आरोप अध्यक्ष वाग्लले लगाए। उनले बैंकहरुले वार्षिक रुपमा ५ अर्ब नाफा गरेर व्यवसायी मार्ने काम गरेको पनि बताए। उनले घरजग्गा व्यवसायीहरुले पनि धेरै नाफा कमाए भन्ने होला तर व्यवसायीहरुले आफ्नो सम्पत्ति मात्रै धानेर बसेको बताए।

प्रकाशित: १९ फाल्गुन २०७८ ०९:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App