१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
अर्थ

कामना सेवा बैंकका थप तीन शाखा

कामना सेवा विकास बैंक लिमिटेडले चितवनको खैरहनी नगरपालिका–८ स्थित पर्सा बजार, कालिका नगरपालिका–४ स्थित पदमपुर र भरतपुर महानगरपालिका–२५ स्थित अमृतचोकमा शाखा विस्तार गरेको छ।

बैंकले व्यवसाय विस्तारसँगै नवीनतम प्रोडक्ट तथा बृहत् शाखा सञ्जालमार्फत उच्च स्तरको बैंकिङ सेवासुविधा उपलब्ध गराउँदै आएको छ।

बैंकिङ पहुँच नपुगेका ग्रामीण क्षेत्र तथा व्यवसायको सम्भावना रहेका अन्य सहरी क्षेत्रमा समेत शाखा विस्तार गर्दै जाने अपेक्षासँगै हाल बैंकले ३२ शाखा, एक विस्तारित काउन्टर, चार शाखारहित बैंकिङ सेवा तथा ७७ एटिएममार्फत बैंकिङ सेवा दिँदै आएको छ।

प्रकाशित: १९ फाल्गुन २०७८ ०१:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App