२ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अर्थ

समय अगावै भवन निर्माण

समयअगावै निर्माण गरिएको भवन। तस्बिर: नागरिक

केही निर्माण व्यवसायीले सम्झौता मितिमै योजना सम्पन्न नगर्दा कयौं योजना अलपत्र परेका उदाहरण प्रशस्तै छन्। कतिपय योजना अधुरा छन् भने केही योजना लथालिङ्ग अवस्थामा छन्। तर, केही निर्माण कम्पनी यस्ता पनि छन्, जसले सम्झौता मिति अगावै योजना सम्पन्न गर्छन्। यसको एउटा उदाहरण हो, ‘कर्मचारी सञ्चय कोष शाखा कार्यालय कोहलपुरको भवन।’

थोडुङ/एचटीसी/वसना जेभी वीरेन्द्रनगर सुर्खेतले निर्माण सम्झौताको १५ दिनअगावै उक्त भवन निर्माण सम्पन्न गरेर बुधबार उद्घाटन समेत भएको छ। मुअ करसहित आठ करोड, ४६ लाख ६ हजार पाँच सय ४२ रुपैयाँमा उक्त भवन निर्माण सम्पन्न गरिएको निर्माण कम्पनीका सञ्चालक मानव बमले जनाए। उनका अनुसार भवन निर्माणका लागि २०७७ असार १६ गते सम्झौता भएको थियो भने निर्माण सम्पन्न मिति २०७८ पुस १५ गतेसम्म थियो। तर, सम्पन्न मितिको १५ दिनअगावै निर्माण कम्पनीले भवन निर्माण सम्पन्न गरेको छ। ‘भवन निर्माण सम्पन्न गरेपछि बुधबार उद्घाटन भएको छ,’ उनले भने, ‘निर्माण सम्पन्न भएको केही समयपछि मात्र कार्यालय भवन उद्घाटन भएको हो।’

शाखा कार्यालयको भवनसँगै कार्यालय प्रमुखका लागि आवास तथा गेष्ट हाउस, विद्युतीय कोठा, क्याविन, पार्किङसमेत निर्माण गरिएको निर्माण कम्पनीले जनाएको छ। ‘हामीले इमान्दारीताका साथ काम गर्ने हो,’ सञ्चालक बमले भने, ‘सम्झौता भएपछि बेइमानी त गर्नु भएन नि।’ कोभिड–१९ (कोरोना भाइरस) संक्रमणको जोखिम र लगातार वर्षाका बीचमा पनि आफूले समयअगावै भवन निर्माण सम्पन्न गरेको निर्माण कम्पनीका सञ्चालक बमको भनाइ छ। बुधबार उक्त भवन कर्मचारी सञ्चय कोष सञ्चालक समितिका अध्यक्ष कृष्णहरि पुष्करले उद्घाटन गरेका छन्।

प्रकाशित: १२ फाल्गुन २०७८ १४:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App