२२ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

७ महिनामै मुलुकको ब्यापार घाटा १० खर्ब नाघ्यो

चालु आर्थिक वर्षको ७ महिनामै मुलुकको ब्यापार घाटा १० खर्ब १५ अर्ब नाघेको छ। 

भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको माघ मसान्तसम्मको तथ्यांक अनुसार ब्यापार घाटा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८.४५ प्रतिशतले बढी हो।

गत वर्षको यसै अवधिमा यस्तो ब्यापार घाटा ७ खर्ब ३३ अर्ब थियो।  साउनदेखि माघ मसान्तसम्म कुल ११ खर्ब ४७ अर्ब ४६ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने सोहि अवधिमा कुल १ खर्ब ३१ अर्ब ६५ करोड रुपैयाँ बराबरको वस्तु नेपालले अरु मुलुकलाई बिक्री गरेको छ।  

वस्तु आयात गत वर्षको सोही अवधिको तुलनामा ४२।७८ प्रतिशतले बढी हो भने निर्यात ८८.३ प्रतिशतले बढी हो।

प्रकाशित: १० फाल्गुन २०७८ ०९:४३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App