३ पुस २०८१ बुधबार
image/svg+xml
अर्थ

यातायात कार्यालय गाईघाटमा ७ महिनाको राजश्व सवा ५ करोड

मोटरसाईकल ट्रायल दिदै एक परीक्षार्थी। तस्बिर: महेश्वर/नागरिक

सदरमुकाम गाईघाटस्थित यातायात व्यवस्था सेवा कार्यालय उदयपुरले बितेको ७ महिनामा सवा ५ करोड बढी राजश्व संकलन गरेको छ। गएको ३ महिनायता सवारी अनुमतिपत्र (लाईसेन्स) वितरणसमेतको अधिकार पाएको कार्यालयले सवारीतर्फ झण्डै साढे ४ करोड र बाँकी लाईसेन्स वितरणबाट सो परिमाणको राजश्व संकलन गरेको हो।  

०७२ देखि सञ्चालनमा आएको कार्यालयले भर्खर गएको कात्तिक अन्तिमदेखि लाईसेन्स दिने अधिकार पाएको हो। त्यसअघिसम्म सवारी दर्ता र नामसारीलगायत काम गर्ने अधिकार मात्र थियो। कार्यालय प्रमु्ख सुवासजङ कार्कीका अनुसार गएको साउनदेखि माघ मसान्तसम्म ५ करोड २५ लाख ८२ हजार २ सय ९८ रुपैँया राजश्व संकलन भएको छ।

जसमध्ये सवारीतर्फ (दर्ता, नामसारी र जरिवाना)लगायतबाट ४ करोड ३२ लाख ३१ हजार ७ सय ९८ र लाईसेन्सतर्फ ९३ लाख ५० हजार ५ सय संकलन भएको कार्कीले बताए। बितेको ३ महिनामा लाईसेन्स वितरणतर्फ उक्त राजश्व जम्मा भएको कार्कीले बताए। सवारी नविकरणबाट मात्र यो अवधिमा १३ लाख ३४ हजार जम्मा भएको हा।  

लाईसेन्स वितरणतर्फ सबभन्दा बढी मोटरसाईकल अर्थात ‘ए’ बर्गबाट धेरै राजश्व जम्मा भएको छ। मोटरसाईकलबाट ३ महिनामा ५२ लाख ५४ हजार ५ सय संकलन भएको छ भने त्यसपछि स्कटरको लाईसेन्सबाट दोस्रो ठूलो परिमाणको राजश्व संकलन भउको छ। ‘के’ अथवा स्कुटरको लाईसेन्स बितरणवापत कार्यालयलाई १३ लाख ५० हजार ५ सय रुपैँया आमदानी भएको छ।  

‘बी’ अर्थात कार, जीपको लाईसेन्सबाट १२ लाख २६ हजार ५ सय जम्मा भएको छ भने अटो, म्याजिक अर्थात ‘सी’ बर्गका सवारी चालक अनुमतिपत्र बितरण गरेवापत १ लाख १५ हजार ५ सय जम्मा भएको छ। ‘सी–वान’ अर्थात इरिक्साबाट १३ हजार ५ सय जम्मा भएको छ भने ‘इ’ अर्थात ट्याक्टर चालक अनुमतिपत्र वितरण गरेवापत ३९ हजार र जम्मा भएको छ। त्यसैगरी ‘जे–वान जे–टु’ अर्थात डोजर, जेसिबीको लाईसेन्सबाट १४ हजार ५ सय जम्मा भएको प्रमुख कार्कीले बताए।  

कार्यालयले ५ किलोमिटर पश्चिम त्रियुगा नगरपालिका ९ गहिरुनमा नीजि लगानीको ट्रायल सेन्टर खोलेर सवारी प्रयोगात्मक परीक्षा (ट्रायल) गराउँदै आएको छ। गाईघाटबाटै लाईसेन्स दिने व्यवस्था भएपछि उदयपुरसहित, खोटाङ, भोजपुर, सोल र ओखलढुंगासम्मका सेवाग्राहीलाई सहज भएको कार्यालयका अधिकृत योगेश्वर खनालले बताए। उनका अनुसार यहीँबाट लाईसेन्स दिने व्यवस्था भएसँगै सेवाग्राहीलाई सुनसरीको इटहरी र २ नं. प्रदेशमा पर्ने सिराहाको लाहानबाट लाईसेन्स लिनुपर्ने बाध्यता हटेको छ।

प्रकाशित: ९ फाल्गुन २०७८ ११:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App