१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

गरिमा बैंकका ग्राहकलाई गोल्डस्टार जुत्तामा छुट

गरिमा विकास बैंकका ग्राहकले गोल्डस्टार जुत्ता खरिदमा विशेष छुट पाउने भएका छन्। बैंकले आफ्ना ग्राहकलाई छुट उपलब्ध गराउन लाइफ स्टाइल इन्टरनेसनल प्रालिसँग सम्झौता गरेको जनाएको छ।

सम्झौता अनुरूप उक्त बैंकका ग्राहकले गोल्डस्टार जुत्ताको आधिकारिक ई–कमर्स साइटबाट कुनै पनि जुत्ता खरिद गरी गरिमा स्मार्टबाट भुक्तानी गर्दा तत्काल १५ प्रतिशत छुट प्राप्त हुने बताइएको छ।

यो छुट योजना गोल्डस्टारको आधिकारिक ई–कमर्स साइटबाट जुत्ता खरिद गर्दा मात्र लागू हुने बैंकले प्रस्ट पारेको छ। गरिमा विकास बैंकले नेपालभर ३७ जिल्लामा ११८ शाखा कार्यालय, २ एक्स्टेन्सन काउन्टर र ५१ एटिएमबाट सेवा प्रदान दिइरहेको जनाएको छ।

प्रकाशित: ९ फाल्गुन २०७८ ०२:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App