२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

गेटवे पेमेन्ट सर्विसको एनपिसिआई इन्टरनेसनल र मनम इन्फोटेकसँग सम्झौता

गेटवे पेमेन्ट सर्विस प्रालिले अन्तर आबद्धता तथा मोबाइल फ्रस्ट प्रविधिमा आधारित युनिफाइड पेमेन्ट इन्टरफेस नेपाल सञ्चालनका लागि भारतस्थित एनपिसिआई इन्टरनेसनल तथा मनम इन्फोटेकसँग सम्झौता गरेको छ।

उक्त सम्झौतासँगै अब विभिन्न बैंक वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक बीचमा अन्तरआबद्ध विद्युतीय भुक्तानीको सञ्जाल सञ्चालन गर्ने र भारतबाट विभिन्न भुक्तानी सेवा प्रदायक (जस्तै पेटिएम, गुगलपे, फोनपे आदि) मार्फत नेपालस्थित कुनै पनि बैंक खातामा वा वालेट खातामा तुरुन्तै रकमान्तर गर्न सक्ने व्यवस्था गर्न लागिएको हो।

यो सेवा सुरु भएसँगै भारतीयहरू नेपाल आउँदा क्युआर कोड स्क्यान गरी सजिलै भुक्तानी गर्न सक्ने बताइएको छ। त्यस्तै नेपालीले पनि भारतमा यात्रा गर्दा भारत–क्युआर स्क्यान गरी भुक्तानी गर्न सक्ने जारी विज्ञप्तिमा उल्लेख छ।

प्रारम्भिक चरणमा आगामी तीन महिनाभित्र उल्लेखित सेवा सुचारु हुने र एनपिसिआईले भारतमा सञ्चालन गरिरहेको सम्पूर्ण सेवाहरू पनि क्रमिक रूपमा सुरु गर्दै जाने बताइएको छ। सम्झौतामा कम्पनीका अध्यक्ष कमलनाथ प्रधान र एनपिसिआई इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत रितेश शुक्ला तथा भारतीय फिन्टेक कम्पनी मनम इन्फोटेकका निर्देशक नागाबाबु रामिनेनीले हस्ताक्षर गरेका छन्।

प्रकाशित: ८ फाल्गुन २०७८ ०४:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App