प्रदेश नम्बर २ मा रहेको जानकी मेडिकल कलेज मलेसियाको माह्सा विश्वविद्यालयसँग आवद्ध भएको छ। मेडिसिन, बायोसाइन्स, दन्तचिकित्सा, फार्मेसी, स्वास्थ्य विज्ञान, नर्सिङ, व्यापार, वित्त, आतिथ्य व्यवस्थापन, सूचनाप्रविधि जस्ता विषयगत क्षेत्रमा उच्चशिक्षा प्रदान गर्ने माह्सा विश्वविद्यालयसँग आवद्ध भएर उक्त कलेजले आफ्नो विद्यार्थीलाई अनुसन्धान र अभ्यासमा केन्द्रित शिक्षा दिने लक्ष्य लिएको जनाएको छ ।
उक्त विश्वविद्यालयसँग मेडिकल क्षेत्रमा संयुक्त अनुसन्धान, विद्यार्थी आदानप्रदान लगायत कुरामा सहकार्य गर्ने सम्झौता भएको कलेजले जनाएको छ।
प्रकाशित: ३ फाल्गुन २०७८ ०२:०६ मंगलबार