coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

कार्यकर्ता पोस्न टुक्रे योजना

नारायण नगरपालिका दैलेखको कार्यालय। तस्विर: गोविन्द/नागरिक

नारायण नगरपालिका दैलेखमा चलिरहेको नगरसभामा चुनाव लक्षित योजना संशोधन गरेर कार्यकर्ता पोस्न टुक्रे योजना बनाईएको छ। कार्यकर्तामुखी टुक्रे योजना बनाएर नगर प्रमुखले सभामा पास गर्न पेश गरेपछि विवादित भई नगर सभा नै स्थगन भएको हो।  

 नगरपालिकाको नवौं नगरसभामा ठुला १२ योजनालाई टुक्राएर ६५ टुक्रे कार्यकर्तामुखी योजना बनाएको हो। त्यस्तै अन्य योजनाहरुमा समेत संशोधन गरिएको छ। नगरप्रमुख रत्नबहादुर खड्काले चुनाव नजिकिदै गर्दा योजनाहरु टुक्राएर कार्यान्वयनमा लैजान थालेसंगै नगरपालिकामा जनप्रतिनिधिहरुविच नै विरोध भएको छ। नगरपालिकाका गरिव पहिचान गरेको स्वास्थ्य विमा गर्ने भनेर राखेको २० लाख रुपैँयालाई समेत टुक्राएर अन्य काममा राखेका छन्।

  नगर प्रमुख खड्काले आफ्ना आसेपासेहरुलाई प्रभावमा पार्न ठुला योजनाहरु टुक्राएको भन्दै नगरसभाका सदस्यहरुले विरोध गरेको जनाईएको छ। ठुला योजना काटेर टुक्रे योजना बनाएको भन्दै नगरसभामा विरोध भएपछि सभा नै अनिश्चित रुपमा स्थगित भएको छ। नगर सभा (हिउँदे अधिवेशन) बाट ठुला योजना काटेर टुक्रे योजना बनाएर सभामा पेश भएपछि नेपाली काँग्रेस, नेकपा (एकीकृत समाजवादी) पार्टी लगायतले विरोध समेत गरेको छन्। 

‘नगर प्रमुखले ठुला योजना काटेर सानासाना योजना नगरसभामा संशोधनका लागि पेश गर्नु भएको छ।’ एक नगरसभा सदस्यले भने, कुनै पनि हालतमा त्यो योजना कार्यान्वयन हुँदैन्। योजना संशोधन फिर्ता नहुँने बेलासम्म नगरसभा नै स्थगन गरेका छौंं।’ ठुलो योजना कार्यान्वयनमा समस्या देखिएकाले सवैलाई काम गर्न सहज होस् भनेर संशोधन गर्न लागिएको नगरपालिकाका एक जनप्रतिनिधिले बताए। 

‘जुन काम गर्न सकिदैन् त्यसको मिल्दो जुल्दो अर्को काम गर्ने हो।’ एक नगरसभा सदस्याले नाम नछाप्ने शर्तमा भने, योजना संशोधनको नाममा नगर प्रमुखले हचुवा भरमा गरिवको योजना काट्नु अपराध जस्तै हो।’ योजना संशोधनका लागि नगरसभामा पेश भएपनि सभा नै स्थगन भएकोले पास नभएको प्रमुख प्रशासकिय अधिकृत भक्तबहादुर मल्लले बताए।

प्रकाशित: १ फाल्गुन २०७८ १५:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App