५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

सिटिजन्स बैंकको पूर्वी रुकुमको महतमा शाखा

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले पूर्वी रुकुमको भुमे गाउँपालिका, महतमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ। सो शाखारहित सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी धनबहादुर वलीलाई व्यावसायिक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएको छ।

यस शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ। हाल बैंकले एक सय ७४ शाखा, एक सय २३ एटिएम र ९२ शाखारहित बैंकिङ एकाइहरूबाट सेवा दिँदै आएको छ।

प्रकाशित: १ फाल्गुन २०७८ ०२:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App