८ वैशाख २०८१ शनिबार
अर्थ

दोहामा थन्किएको जहाज ल्याउन इन्जिन भाडामा लिइँदै

फाइल तस्बिर

गत पुस १३ गतेदेखि कतारको बिग्रिएर दोहा विमानस्थलमा थन्किएको नेपाल एयरलाइन्सको न्यारोबडी विमान उडाउन भाडामा इन्जन लिने तयारी भएको छ। 

नेपाल वायुसेवा निगमको न्यारोबडी ए३२० विमान ९एन–एकेडब्ल्यू गत डिसेम्बरमा काठमाडौं–दोहा नियमित उडानपछि पार्किङ गर्ने क्रममा इन्जिनमा समस्या देखिएको थियो। उक्त विमान उडाएर नेपाल ल्याउन निगमले मर्मतका लागि एमआरओका लागि ग्लोबल टेन्डर आह्वान गरेर कम्पनीसमेत छनोट भइसकेको छ।

दोहास्थित कतार एयरवेजका इन्जिनियरिङ टिमले विमानको बायाँतर्फको इन्जिनमा इन्टरनल डिफेक्ट पहिचान गरेकाले विमानको इन्जिन फेर्नुपर्ने निगमलाई सुझाएका थिए। इन्जिनको उत्पादनकर्ता डिडब्ल्यू/आइएईसँग निगम व्यवस्थापनले गरेको परामर्शपछि इन्जिनलाई फेरेर मर्मत गर्न इन्जिनियरिङ टिमले सुझाए अनुसार विमानको इन्जिन भाडामा लिने प्रक्रिया अघि बढाइसकिएको छ ।यसका लागि निगमले पुन २५ गते टेन्डर आह्वानपछि एमटियू मेन्टिनेन्स लिज सर्भिसेज बिभी कम्पनी छनोट गरेको थियो।  

सो जहाजको बिग्रिएको इन्जिन सिरियल नम्बर भिवान७५८४ मर्मतका लागि माघ १० गते निगमले ग्लोबल रिक्वेक्स्ट फर प्रपोजल आह्वान गरिसकेको छ। उक्त जहाज मर्मत गर्न निगमलाई अझै तीन महिनाभन्दा बढी लाग्ने अनुमान गरिएको छ।

प्रकाशित: २५ माघ २०७८ ०३:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App