४ पुस २०८१ बिहीबार
image/svg+xml
अर्थ

सिटिजन लाइफको एपमा थप सुविधा

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो आइओएस एप थप सुविधा सहित अपग्रेड गरी एपस्टोरमा राखेको छ। कम्पनीका ग्राहक र अभिकर्तालाई डिजिटल सेवा उपलब्ध गराउन उक्त एपले थप सहयोग गर्ने कम्पनीको विश्वास छ।

उक्त यस एपमार्फत कम्पनीको विस्तृत विवरण, सबै बिमा योजनाको विस्तृत जानकारी, नेपालभर रहेका शाखा कार्यालयको जानकारी साथै यसमा रहेको मिडिया सेन्टरबाट कम्पनीका हालसालैका विभिन्न गतिविधिको जानकारी पनि लिन सकिने विज्ञप्तिमा उल्लेख छ।  

एपमा रहेको प्रिमियम क्याल्कुलेटर प्रयोग गरी आफ्नो विवरण भरेर आफूले चाहेको बिमा योजनाको बिमाशुल्क, बिमांक रकम र बिमाको समय अवधि अनुसार आफैं निकाल्न सकिने कम्पनीले जनाएको छ।

प्रकाशित: २४ माघ २०७८ ०२:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App