१९ वैशाख २०८३ शनिबार
image/svg+xml
अर्थ

राजस्व छलेको अभियोगमा सात जनाविरुद्ध मुद्दा दायर

राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा सात जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ।

विभागले मकवानपुर मनहरी–६ का विशाल राई, सिन्धुली भीमस्थान–५ का मुकुन्दप्रसाद काफ्ले, वीरगञ्ज महानगरपालिका–२२ का इन्तयाजुल हक मन्सुरी, सोही स्थानका इन्ताज मन्सुरी, धादिङ गजुरी–४ का सन्तोषी नेपाली, पर्सा बगही–९ का रुपेश तिवारी र अर्का ठेगाना नखुलेका देवलाल कुशवाहाविरुद्ध मुद्दा दायर गरेको हो।

विभागले अभि ट्रेडर्स कलैया–७ बाराको गत मङ्सिर ३ गतेको विजक नं ७१ बमोजिम प्लास्टिकको दाना बोकेको ना७ख ७२५ नम्बरको ट्रकमा चालक विशाल राईले विजक र प्रमाणपत्रबिनाको ३१ पोका कपडा वीरगञ्जबाट लुकाइछिपाइ काठमाडौँतर्फ ल्याइरहेका बेला पक्राउ गरेको थियो।

विभागले आरोपी सात जनाविरुद्ध रु ५८ लाख ७९ हजार ७४६ बराबरको बिगो कायम गरी यही माघ २० गते मुद्दा दायर गरेको आज प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको छ।

प्रकाशित: २३ माघ २०७८ १०:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App