१९ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

आधुनिक उपकरणमार्फत सर्भिसिङ

इटहरीमा सञ्चालित आशिष सर्भिसिङ सेन्टरले हलुका सवारीसाधनको सर्भिसिङ आधुनिक प्रविधिका उपकरणमार्फत गर्ने भएको छ।

११ वर्षअघि खुलेको सेन्टरले अहिलेसम्मको अनुभवलाई थप परिमार्जित र परिष्कृत गर्दै दक्ष कामदारको सहयोगले आधुनिक प्रविधिका उपकरणमार्फत सेवा प्रदान गर्ने जानकारी दिएको छ। ‘हामीले ग्राहकले पाउनुपर्ने सम्पूर्ण सुविधा उपलब्ध गराउँदै आएकाले सबैको रोजाइमा पर्न सफल भएका छौं,’ सञ्चालक गणेश कार्कीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

उनका अनुसार सेन्टरले सेवा विस्तार गर्ने क्रममा निकट भविष्यमा क्याफे, सैलुन, मसाज साथै खोलाकिनारमा ठूला रुखको शीतल छहारीमुनि बसी रिसोर्टको आनन्द पनि सेवाग्राहीले लिन पाउनेछन्।

प्रकाशित: १८ माघ २०७८ ०४:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App