३ पुस २०८१ बुधबार
image/svg+xml
अर्थ

नेपाल इको प्यानल अब नेपालगञ्जमा पनि

नेपालगञ्जका प्रख्यात इन्जिनियर दिनेश मगरद्वारा सञ्चालित डीजी सप्लायर्स पश्चिम नेपालमा नेपाल इको प्यानल बिक्रीवितरणका लागि डिलरमा नियुक्त भएको छ। नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर कृष्णभक्त दुवालले पश्चिम नेपालको नेपालगञ्ज, कोहलपुर, चिसापानीलगायतका ठाउँंहरुमा नेपाल इको प्यानल बिक्रीवितरणका लागि डीजी सप्लायर्सलाई डिलरमा नियुक्त गरेको जानकारी गराए।  

डीजी सप्लायर्स रन्जा एयरपोर्ट नेपालगञ्ज २० मा रहेको छ। प्रबन्ध निर्देशक इन्जिनियर दिनेश मगरले नेपालगञ्जलगायत पश्चिम नेपालको विकास निर्माणलाई तीव्रत दिन आफू नेपाल इको प्यानलको डिलर्समा नियुक्त भएको भन्दै खुशी साटे। धेरै होटेलहरुको डिजाइन बनाएका त्यस क्षेत्रका प्रख्यात इन्जिनियर मगरले पहिला परम्परागत निर्माण सामग्रीमा काम गरेकोमा अहिले आफै पनि वैकल्पिक निर्माण सामग्री प्रविधिमा कार्यरत रहेको र नेपाल इको प्यानल जस्तो हलुका, भूकम्पप्रतिरोधी, वातावरणमैत्री आदि विशेषता भएको नेपाल इको प्यानलको प्रयोगले पश्चिम नेपालको विकासमा इटा थप्नसक्ने विश्वास लिए।  

सिभिल इन्जिनियर मगरको परिवार नै इन्जिनियरिङ क्षेत्रमा लामो समयदेखि कार्यरत छन्। उनकी श्रीमती प्रियंका थापा पनि पश्चिम नेपालका प्रख्यात आर्किटेक्ट हुन्।  

नेपाल इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने नयाँं निर्माण सामग्री हो। पछिल्लो पटक उत्पादित नेपाल इको प्यानलका इको प्यानलहरु देशैभरि लोकप्रिय हुँंदै आएको छ। यसको इको प्यानल उत्पादन कारखाना भने भक्तपुरको चाँंगुनारायण नगरपालिका झौखेलमा रहेको छ।

प्रकाशित: १४ माघ २०७८ ११:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App