coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

सुनसरी धेरै जनसंख्या भएको पाँचौं जिल्ला, बार्षिक वृद्धिदर १.९४

सुनसरी जिल्ला सबैभन्दा धेरै जनसंख्या भएको पाँच जिल्लामध्ये पाँचौ भएको छ। राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार काठमाडाैं, मोरङ, रुपन्देही र झापा पछि सुनसरी जिल्लाको जनसंख्या धेरै देखिएको छ। 

सुनसरीको वार्षिक जनसंख्या वृद्धिदर १.९४ रहेको पनि केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको प्रारम्भिक नतिजामा उल्लेख छ। देशको कुल जनसंख्या प्रतिशतमा सुनसरी ३.२० रहेको छ भने परिवारको औसत आकार ४.३१ रहेको छ। 

सुनसरीको जनसंख्या २०६८ को जनगणना अनुसार ७ लाख ६३ हजार ४८७ थियो। २०७८ को जनगणना अनुसार ९ लाख ३४ हजार ४६१ पुगेको छ। जिल्लामा पुरुषको संख्या ४ लाख ५४ हजार ७५ जन छन् भने महिलाको संख्या ४ लाख ८० हजार ३८६ पुगेको पनि विभागले सार्वजनिक गरेको नतिजामा उल्लेख छ।  

यसैगरि, सुनसरीको १२ स्थानीय तहमध्ये सबैभन्दा बढी जनसंख्या इटहरी उपमहानगरपालिकाको देखिएको छ। इटहरीको जनसंख्या १ लाख ९८ हजार ९८ भएको छ। तीमध्ये ९४ हजार ३०८ पुरुष छन् भने महिलाको संख्या १ लाख ३ हजार ७०९ रहेको छ। दोस्रो धेरै जनसंख्या भएको तह धरान उपमहानगरपालिका छ। धरानको जनसंख्या १ लाख ७३ हजार ९६ जना पुगेको छ। त्यसमध्ये ८२ हजार ६८३ जना पुरुष र ९० हजार ४१३ महिला छन्।  

यस्तै, तेस्रो धेरै जनसंख्या बराहक्षेत्र नगरपालिकाको ९१ हजार ८९१ रहेको छ। त्यसमध्ये पुरुष ४३ हजार १७८ र महिलाको जनसंख्या ४८ हजार ७१३ भएको छ। इनरुवा नगरपालिकाको जनसंख्या ७५ हजार ९२०, दुहबी नगरपालिकाको जनसंख्या ६७ हजार ५१, रामधुनी नगरपालिकाको ६३ हजार ३७८,  हरिनगर गाउँपालिकाको ४९ हजार ५०१, भोक्राहा नरसिंह गाउँपालिकाको ४९ हजार ३७१ र कोशी गाउँपालिकाको ४८ हजार ७६८ जनसंख्या पुगेको छ।

यसैगरि, गढी गाउँपालिकाको जनसंख्या ३९ हजार ४७८, देवानगञ्ज गाउँपालिकाको ३९ हजार ३६७ र बर्जु गाउँपालिकाको ३५ हजार ५३३ पुगेको केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजामा उल्लेख छ

प्रकाशित: १३ माघ २०७८ ०९:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App