८ वैशाख २०८१ शनिबार
अर्थ

महालक्ष्मी बैंकको वित्तीय विवरण सार्वजनिक

महालक्ष्मी विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। 

चालु आवको पुस मसान्तसम्ममा ४५ करोड ६२ लाख खुद नाफा कमाउन बैंक सफल भएको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ३१.५५ प्रतिशतले बढी हो।

समीक्षा अवधिमा बैंकको निक्षेप ४३ अर्ब १ करोड तथा कर्जा ४० अर्ब पुगेको छ। यस आवमा बैंकले सञ्चालन आम्दानीतर्फ १ अर्ब १० करोड आम्दानी गरी बैंक अर्बको क्लबमा उक्लिएको छ। 

त्यसैगरी गत आवको पुस मसान्तसम्मको खुद सञ्चालन मुनाफालाई ४१ प्रतिशतले वृद्धि गरी खुद सञ्चालन मुनाफा ६८ करोड आर्जन गरेको छ। समीक्षा अवधिमा बैंकले उल्लेख्य रूपमा खराब कर्जा घटाई गत वर्षको ४.७९ प्रतिशतको खराब कर्जालाई २.८९ प्रतिशतमा झार्न सफल भएको छ।

प्रकाशित: ९ माघ २०७८ ०४:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App