५ वैशाख २०८१ बुधबार
अर्थ

ताप्लेजुङमा बैंकर क्लव गठन, सामाजिक उत्तरदायित्व र आफ्नो हकहित प्राथमिकतामा

स्थानीय स्तरमा बैंक तथा बित्तीय संस्थामा देखिएका समस्या पहिचान गरी बैंकिङ सेवालाई सहज रुपमा जनतामाझ लैजाने कार्यको सहजीकरण गर्न ताप्लेजुङमा बैंकर क्लवको गठन भएको छ।

सनराइज बैंक ताप्लेजुङमा प्रवन्धक अनिल श्रेष्ठको अध्यक्ष रहेको समिति गठन भएको हो। समितिमा एनएमबी बैंकका कुलदीप मादेन उपाध्यक्ष, प्रभु बैंकका किरण लिवाङ लिम्बू सचिव, लक्ष्मी बैंकका सुदर्शन रिजाल सहसचिव र मेघा बैंकका रुपा लिम्बू कोषाध्यक्ष र मेघा बैंककै मुक्ति कार्की सहकोषाध्यक्ष रहेका छन्।

समितिमा बिपिन पौडेल, प्रविन खरेल, सुजन श्रेष्ठ, सुमन राई, शसाङ्क गिरी, सुमन महतारा, रमेश अधिकारी, हिमाल गौतम, दीपक भट्टराई, दिनेशकुमार कट्टेल, भरत कोइराला, महेश मुखिया, बिमला निरौला, निरज गडेरी र सागर भट्टराई सदस्य रहेका छन्। अनिल श्रेष्ठ, नवनिधी ढकाल, सुवास पराजुली, राजेन्द्र तिमल्सिना ताप्लेजुङमा बैंकर क्लव, दीपकराज गिरी, संगमदीप श्रेष्ठ र सुनिल रौनियार रहेको सल्लाहकार समिति समेत गठन गरिएको छ।

ताप्लेजुङ बैंकर क्लवले बैंक तथा बित्तीय संस्थामा कार्यरत कर्मचारीहरुलाई आफ्नो कर्तव्य र जिम्मेवारी प्रति प्रतिबद्ध बनाउने,समस्या परेका बखत सहयोग र सहजीकरण गर्ने, बैंक तथा बित्तीय संस्थामा कार्यरत कर्मचारीहरुको हकहितका लागि पैरवी गर्ने, नेपाल सरकारका निकाय तथा स्थानीय तह र वडापालिकासंग समेतको सहकार्यमा बित्तीय साक्षरता अभियान चलाउने कार्य गर्ने भएको छ।

यस्तै विपद्बाट पीडित परिवारलाई आपतकालीन राहत तथा सहयोगका लागि सामाजिक उत्तरदायित्व कार्यक्रम सञ्चालन गर्ने, अति विपन्न परिवारको उत्थान, उद्धार तथा राहतका लागि यथाशक्य सहयोग जुटाउन/दिन अग्रसर हुने लगायतका कार्य समेत यो क्लवमार्फत अघि बढाउने बैंकर क्लव ताप्लेजुङले जनाएको छ। ‘आफ्नो पेशागत हकहित र सामाजिक उत्तरदायित्वमुखी कार्यक्रमलाई प्रमुखताका साथ अघि बढाउने छौं’, बैंकर क्लव ताप्लेजुङका नवनिर्वाचित अध्यक्ष श्रेष्ठले भने।

प्रकाशित: ८ माघ २०७८ ०७:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App