१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

ई–क्याबद्वारा क्युआर कोडसहितको एप सार्वजनिक

ई–क्याब नेपालले क्युआर कोडसहितको एप सार्वजनिक गरेको छ। सहज र सुपथ मूल्यमा ट्याक्सी सेवा दिने उद्देश्य रहेको सो एपकोे गैर आवासीय नेपाली सङ्घका संस्थापक अध्यक्ष उपेन्द्र महतोको प्रमुख आतिथ्यमा शुक्रबार सार्वजनिक गरिएको ई–क्याबले जनाएको छ।  

यो नेपालकै पहिलो क्युआर कोडसहितको एप हो भने सेवाग्राहीले डिजिटल पेमेन्ट वा नगदै भुक्तानी गरेर सेवा उपभोग गर्नसक्ने व्यवस्था रहेको छ। एप प्रयोगकर्ताले आफ्ना लागि मात्र नभई अरू आफन्त तथा साथीका लागि समेत सवारी बुकिङ गर्नसक्ने व्यवस्था रहेको छ। देशविदेशमा रहने सेवाग्राहीले प्रयोग गर्न सक्ने ई–क्याबले जनाएको छ।

ई–क्याबका अनुसार इन्टरनेटको पहुँच नभए पनि कल सेन्टरमा फोन गरेर सेवाग्राहीले यो सेवा उपभोग गर्न सक्नेछन्। यात्रुहरूका लागि मात्र होइन चालकहरूका लागि समेत यो एप सुविधाजनक हुनेमा कम्पनी विश्वस्त रहेको छ। अन्तर्राष्ट्रिय यात्रुहरू प्राप्त गर्ने यो नै पहिलो र एक मात्र एप रहेको कम्पनीका प्रबन्धक दिकेश प्रधानले बताए।

प्रकाशित: ८ माघ २०७८ ०६:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App