coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

टाटा मोटर्सको पर्व अफरको विजेता घाेषणा

 नेपालका लागि टाटा मोटर्सको एक मात्र अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङ प्रालि र टाटा मोटर्सले संयुक्त रूपमा आयोजना गरेको टाटा मोटर्स दसैं एन्ड तिहार अफर अन्तर्गतको बम्पर लक्की ड्रको विजेता घोषणा गरिएको छ।

यस योजनामा काठमाडौं र पोखराबाट १४ जना, हेटौंडाबाट १४ जना, बुटवलबाट पाँच, इटहरीबाट पाँच र नेपालगन्जबाट पाँच गरी कुल ४३ जना ग्राहकलाई लक्की ड्रमार्फत भाग्यशाली विजेता घोषणा गरिएको छ। कम्पनीले विजेता ४३ जनालाई बम्पर उपहार अन्तर्गतको विभिन्न आकर्षक उपहार प्रदान गरेको छ।

विजेतामध्ये सामसङ ट्याब एस सेभेन एफ ई ११ जनालाई, एलजी डबल डोर फ्रिज ११ जनालाई, आठ केजी वासिङ मेसिन सातजनालाई, सामसङ ग्यालेक्सी फ्लिपथ्री मोबाइल सात जनालाई र एमआई ६५ इन्च फोरके टिभी सातजनालाई प्रदान गरिएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ। 

प्रकाशित: ७ माघ २०७८ ०३:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App