१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

मेलम्चीको कार्ययोजना यथाशीघ्र स्वीकृत गर्न निर्देशन

प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले मेलम्ची खानेपानी आयोजनाले अस्थायी रूपमा मेलम्ची पानी काठमाडौं उपत्यकामा पथान्तरण गर्ने गरी बनाएको कार्ययोजना यथाशीघ्र स्वीकृत गरी कार्यान्वयनमा लैजान सरकारलाई निर्देशन दिएको छ।

समितिको शुक्रबार बसेको बैंठकले मेलम्ची आयोजनाको कार्ययोजना यथाशीघ्र कार्यान्वयन गर्न नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का कार्यालयलाई निर्देशन दिएको हो।

अहिले मेलम्ची खानेपानीसम्बन्धी आयोजनाको कार्ययोजना मन्त्रिपरिषद्मा थन्किरहेको छ। मन्त्रिपरिषद् बैंठकले समयमा कार्ययोजना स्वीकृत नगर्दा मेलम्ची आयोजनाको मर्मतसम्भारको कार्य अघि बढ्न सकेको छैन।

समितिको बैंठकले मेलम्ची खानेपानी आयोजनाको वर्तमान अवस्था र आयोजनामा उत्पन्न भएका समस्याहरूको दीर्घकालीन समाधानको उपाय सम्बन्धमा प्रतिनिधिसभाका सदस्य र सचिवालयका कर्मचारीहरू तथा खानेपानी मन्त्रालयका पदाधिकारी एवं सम्बन्धित क्षेत्रका विज्ञहरूको समेत सहभागिता रहने गरी उपयुक्त समयमा अन्तक्र्रिया कार्यक्रम गर्ने निर्णय गरेको छ।

त्यसैगरी समितिले उपयुक्त समयमा मेलम्ची आयोजनाको वर्तमान अवस्थाको स्थलगत अध्ययन अवलोकन भ्रमण गर्ने निर्णय गरेको छ।

समितिले हालैको बाढीले क्षतिग्रस्त भएको मेलम्ची खानेपानी आयोजना भौगर्भिक दृष्टिकोणले जोखिमपूर्ण रहेको अवस्थामा काठमाडौं उपत्यकामा पानीको माग धान्न नसक्ने सम्भावना देखिएकाले वैकल्पिक आयोजनाको रूपमा प्रस्तावित गरिएको सिस्नेरी खानेपानी आयोजनालाई कार्ययोजना बनाई यथाशीघ्र कार्यान्वयन ल्याउन निर्देश गरेको छ।

समितिका सभापति कल्याणीकुमारी श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले नेपाल सरकार खानेपानी मन्त्रालयअन्तर्गत जिम्मेवारी निकायहरूबाट काठमाडौं उपत्यकालगायत विभिन्न स्थानमा खानेपानी सेवा विस्तारका लागि भइरहेका कार्यमा अन्य निकायहरूबाट आवश्यक समन्वय नगरी क्षति पु¥याउने कार्य भइरहेकाले रोक्न निर्देश गरेको छ।

समितिले तेस्रो पक्षबाट खानेपानी आयोजनाको काममा पु¥याइएको क्षतिको मूल्यांकन गरी क्षतिपूर्ति उपलब्ध गराउने नीतिगत व्यवस्था मिलाउन एवं यस्तो समस्या दोहोरिन नदिनका लागि युटिलिटी करिडोर विधेयकको मस्यौदा यथाशीघ्र संसद्मा पेस गर्न समिति नेपाल सरकार, सहरी विकास मन्त्रालय र खानेपानी मन्त्रालयलाई निर्देश गरेको छ।

समितिको बैंठकले नेपालमा गरिएका विभिन्न अध्ययनहरूले केही दशकयतादेखि पानीको मुहानहरू सुक्दै गइरहेको देखाएको छ। समितिले पानीका मुहानहरू सुक्दै जाँदा पानी उपभोगमा प्रत्यक्ष रूपमा नकारात्मक असर पुग्ने मात्रै नभई जैविक विविधता र पर्यावरणमा समेत नकारात्मक असर पार्ने भएकाले सोको रोकथामा लाग्न निर्देशन दिएको छ।

समितिले अहिले भइरहेको र भविष्यमा झनै बढ्ने तापमान वृद्धि र वर्षात्को फेरबदलको प्रत्यक्ष असर पार्ने पानीको मुहान सुक्नुको रहस्य पत्ता लगाई अहिलेदेखि नै मुहानको संरक्षणको कार्ययोजना बनाई कार्यान्वयन ल्याउन समिति नेपाल सरकार खानेपानी मन्त्रलायलाई निर्देश गरेको छ।

प्रकाशित: १ माघ २०७८ ०२:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App