१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

डोल्पामा सवारीसाधनको पञ्जीकृत कार्य सुरु

डोल्पामा अव्यवस्थितरुपमा संचालन हुदै आएका सवारीसाधनको पञ्जीकृत कार्य सुरु भएको छ। डोल्पाको त्रिपुरासुन्दरी र ठूलिभेरी नगरपालिका अन्र्तगतका सडकहरुमा अव्यवस्थितरुपमा संचालन हुदै आएका सवारीसाधनहरुलाई व्यवस्थित गर्न जिल्ला प्रशासन र जिल्ला ट्राफिक कार्यालयले सवारीहरुको पञ्जीकृत कार्य सुरु गरेको हो।

त्रिपुरासुन्दरी नगरपालिका अन्र्तगतको त्रिपुराकोट देखि खदाङ्ग सडक खण्ड र ठूलिभेरीनगरपालिका अन्र्तगत सुँपानी दुनै र जुफाल सडक खण्डमा संचालित सवारीसाधनहरुको पञ्जीकृत कार्य गरेको हो। त्रिपुरासुन्दरी नगरपालिका र ठूलि भेरी नगरपालिका सडक खण्डमा संचालित सवारीसाधनको कण्डिसन प्राविधिक जाँचपासलगायत सडकहरुको अवस्था मुल्यांङ्कन समेतको निरीक्षण समेत गरिएको जिल्ला प्रशासन कार्यालय डोल्पाले जनाएको छ। 

फोक्सुडो यातायात प्रालि र डोल्पो यातायात प्रालिले जाँचपास प्रयोजनको लागि निवेदन दिएकाले सडकको अवस्था र गाडिको कन्डिसन लागायतको जाँचपास गरिएको जिल्ला प्रशासन कार्यालय डोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी बमबहादुर नेपालीले बताए। 

सवारीसाधन पञ्जीकृत गर्ने कार्य यातायात कार्यालयको भएपनि सवारीसाधनहरुलाई डोल्पाबाट सुर्खेतमा रहेको कार्यालयमा लिन सम्भव नभएको र यातायात कार्यालय नभएको जिल्लामा जिल्ला प्रशासन र ट्राफिक कार्यालयले सवारीको र सडकको अवस्थाको पाँचपास गरि पञ्जीकृतको लागि सिफारिस गरेको खण्डमा यातायात कार्यालयले पञ्जीकृत गर्ने प्रावधान छ। 

सहायक प्रमुख जिल्ला अधिकारी बमवहादुर नेपालीको नेतृत्वमा ट्राफिक र सवारी मेकानिकल सहितको टोलिले दुई दिन लगाएर दुई ओटा प्रालिका सात ओटा सवारीहरुको पञ्जीकृतका लागि जाँचपास गरिएको जिल्ला ट्राफिक कार्यालयका इन्चार्ज सई शरद चौधरीले बताए।

सहायक प्रमुख जिल्ला अधिकारी नेपालीले सवारीसाधन जाँचपास र सडक अनुगमन गर्दा सवारीहरुको कन्डिसन राम्रो रहेको र सडक पनि गाडि संचालनको लागि उपयुक्त रहेको पाइएकोले फोक्सुण्डो र डोल्पो यातायात प्रालिका सात ओटा सवारीसाधनको पञ्जीकृतको लागि प्रदेश यातायात कार्यालय सुर्खेतमा सिफारिस गरिने बताए। त्रिपुराकोट खदाङ्ग सडक खण्ड र त्रिपुराकोट सुँपानीदेखि दुनै जुफाल सडक खण्डमा संचालित सवारीसाधनहरुमा यात्रुहरुबाट अनावश्यक चर्को भाडादर असुलिरहेको गुनासो समेत आएकाले गाडिभाडाको समेत अनुगमन गरिएको पनि जिल्ला ट्राफिक कार्यालयका इन्चार्ज सई चौधरीले जानकारी दिए।  

प्रकाशित: ३० पुस २०७८ ०९:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App