१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

क्रेडिट एन्ड कमर्स बैंकको साधारण सभा

नेपाल क्रेडिट एन्ड कमर्स बैंक लिमिटेडको २४औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।

बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेको सभापतित्वमा सम्पन्न सभाले आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट ८ प्रतिशत बोनस सेयर र सो बोनस सेयर जारी गर्दा लाग्ने कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको बैंकले जनाएको छ।

सभाले आर्थिक वर्ष ०७८/७९ को लेखापरीक्षण कार्यका लागि प्रधान एन्ड शाक्य एसोसिएट्सलाई लेखापरीक्षक नियुक्त गर्ने निर्णय गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: ३० पुस २०७८ ०३:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App