१५ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

म्याद नाघेका विषादी नष्ट गर्न माग

भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा सोमबार नगरका चारवटा मल र बिउबिजन पसलको अनुगमन भएको छ। 

मल खुद्रा बिक्री गर्दा बढी मूल्य लिएको र म्याद नाघेको बिउबिजन र विषादी बिक्रीवितरण गरेको गुनासो आएकाले अनुगमन गरेको जनाइएको छ। अनुगमनका क्रममा मल तथा बिउबिजन पसलेले म्याद नाघेको विषादी कम्पनीले फिर्ता नलिने र नष्ट गर्न पनि समस्या भएकाले सरकारले म्याद नाघेको विषादी नष्ट गर्न पहल गर्नुपर्ने गुनासो गरे।

अनुगमनका क्रममा कैफियत देखिएको ठाउँमा सुधार गर्न निर्देशन दिइएको छ। त्यस्तै अनुगमनका क्रममा फेला परेका म्याद नाघेका सामान जफत गरेर नष्ट गरिएको वडा निरीक्षक रामकृष्ण प्रजापतीले बताए। 

प्रकाशित: २७ पुस २०७८ ०१:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App