९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

एभरेस्ट बैंकद्वारा सिसिटिभी सहयोग

भक्तपुरको समग्र शान्ति सु–व्यवस्था चुस्त, दुरुस्त तथा प्रविधिमैत्री बनाउने उद्देश्यले गठित भक्तपुर सिसिटिभी जडान समितिलाई एभरेस्ट बैंकले सहयोग गरेको छ। बैंकले उक्त प्रयोजनका लागि १ लाख रूपैयाँ सहयोग गरेको जनाएको छ।

उक्त रकम बराबरको चेक बैंक सञ्चालक समितिका सदस्य नवीनभक्त श्रेष्ठले भक्तपुर सिसिटिभी जडान समितिका सचिव पदमलाल सिलाकारलाई हस्तान्तरण गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २५ पुस २०७८ ००:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App