३ पुस २०८१ बुधबार
image/svg+xml
अर्थ

डेढ दशक अलपत्र बसपार्कको निर्माणमा तीव्रता

धरान उपमहागनरपालिका–८ मा निर्माणाधीन स्मार्ट बसपार्क। तस्बिरः नागरिक

विवादको कारण करिब डेढ दशकसम्म अलपत्र परेको धरान–८ स्थित तीनकुने सुन्दर बस्ती विकास आयोजनासँगै स्मार्ट बसपार्क निर्माण कार्यले तीव्रता पाएको छ। बसपार्क बनाउन स्थानीयले निःशुल्क जग्गा उपलब्ध गराए पनि राजनैतिक विवादको कारण आयोजना डेढ दशकसम्म अलप परेको थियो। आयोजना विवादमा फसेसँगै भानुचोकको साँघुरो बसपार्कलाई स्थानान्तरण गर्ने योजना समेत अलपत्र भएको थियो।

स्थानीय तह निर्वाचनपछि जनप्रतिनिधि आएसँगै आयोजना र बसपार्क निर्माणको पहल थालेका थिए। असन्तुष्ट स्थानीय जग्गाधनीसँग सहमति भएपछि गत असारमा ठेक्का लागेको थियो भने ठेकेकदार कम्पनी विकोइ गिताञ्जली जेभीसँग उपमहानगरपालिकाले २०८१ असार ३० गतेभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौतासमेत गरेको थियो। अहिले आयोजनास्थलमा निर्माण कार्य तीव्र गतिमा भइरहेको छ।

ठेकेदार कम्पनीका बसपार्क प्रोजेक्ट इन्चार्ज तथा प्रोजेक्ट म्यानेजर धर्मेन्द्र यादवले तोकीएकै मितिभित्र निर्माण कार्य सक्ने लक्ष्य लिएर काम भइरहेको बताए। अहिले अन्डरग्राउन्ड बेसमेन्टसहित अढाई तले भवनको काम भइरहेको छ। त्यहाँ बेसमेन्टमा साना सवारी पार्किङ रहनेछ,’ उनले भने, ‘हामी अढाई वर्षभित्रै सक्ने लक्ष्य लिएर काम गरिरहेका छाैं।’ ठेकेदार कम्पनीसँग करसहित २३ करोड १५ लाख ३ हजार २९६ रूपैयाँ ४६ पैसामा बसपार्क निर्माण गर्ने सम्झौता भएको आयोजना प्रमुख खगेन्द्र खतिवडाले जानकारी दिए।  

बसपार्क निर्माणको लागि ५० प्रतिशत नेपाल सरकारको अनुदान हो भने बाँकी ५० प्रतिशत उपमहागनरपालिकाको लगानीमा निर्माण हुने खतिवडाले बताए। गत भदौ २१ मा सम्झौता गरेको कम्पनीले १८ महिनाभित्र निर्माण कार्य सक्नुपर्ने उपमहानगरपालिकाले जनाएको छ। आयोजना अन्तर्गतको मल्टिप्रपोज एरियामा बसपार्क बनाउन स्थानीय जग्गाधनीले जग्गा दिएका हुन् भने आयोजनाको खर्च व्यहोर्ने गरी थप सेल्स प्लट भनेर स्थानीयकै जग्गा आयोजनाले छुट्याएर राखेको छ।

प्रकाशित: २० पुस २०७८ ०२:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App