२० जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

लालीगुराँसको साधारणसभा

पुल्चोकस्थित लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

संस्थाका अध्यक्ष अमरदास श्रेष्ठको अध्यक्षतामा भएको सभामा उनले संस्थाको आर्थिक वर्ष ०७७/७८ मा सहकारीले गरेको उपलब्धि, भावी योजना, सम्भावना र भविष्यमा आउन सक्ने चुनौतीबारे जानकारी गराएका छन्। सभाले सातजना कर्मचारीलाई सम्मान गर्दै सेयर सदस्यलाई १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको जारी विज्ञप्तिमा उल्लेख छ।

२२ हजार संख्या सेयर सदस्य पुगेको संस्थाको गोदावरीस्थित लालीगुराँस दुग्ध प्रशोधन उद्योग, ताल्छिखेलको लालीगुराँस हस्पिटल र शंखमूलको लालीगुराँस उच्च मावि, चितवन खैरहनीमा लालीगुराँस डेरी फार्म एन्ड रिसर्च सेन्टर र सिन्धुपाल्चोक लार्चामा भैरवकुण्ड हाइड्रोपावर लगायतमा लगानी छ।

प्रकाशित: १२ पुस २०७८ ०३:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App