२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

बिजुली माग बढ्यो

नेपाल विद्युत् प्राधिकरणले गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा पिक आवरमा करिब तीन सय मेगावाट माग बढेको तथ्यांक सार्वजनिक गरेको छ।

विद्युतीय चुलो, एयर कन्डिसनर लगायत बिजुलीबाट चल्ने सामानको प्रयोगमा भएको वृद्धि, विद्युत्बाट सञ्चालन हुने यातायातका साधनको वृद्धि, ठूला उद्योगलाई उपलब्ध गराइएको पर्याप्त विद्युत्लगायत कारणले दैनिक रूपमा खपत बढिरहेको छ। प्राधिकरणले कात्तिकको अन्तिमबाट नेपालकै ठूलो सिमेन्ट उद्योग होङ्शीलाई ३० मेगावाट विद्युत् उपलब्ध गराएकाले पनि माग बढेको हो। 

प्रकाशित: ६ पुस २०७८ ०१:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App