१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

छ घण्टापछि सञ्चालनमा आयो पूर्व–पश्चिम राजमार्ग

मृतक परिवारलाई क्रियाखर्च उपलब्ध गराउने र घटनाका दोषीलाई पक्राउ गरी कार्वाही गर्ने सहमतिपछि सिरहाको गोलबजारमा अवरोध गरिएको पूर्व–पश्चिम राजमार्ग छ घण्टापछि सञ्चालनमा आएको छ।

स्थानीय प्रशासन, गोलबजार नगरपालिकाका जनप्रतिनिधि र आन्दोलनरत पक्षबीच आज साँझ भएको वार्तामा तत्कालका लागि गोलबजार नगरपालिकाले क्रियाखर्च वापत रु ५० हजार उपलब्ध गराउने र थप रु चार लाख ५० हजार स्थानीय सरकारले उपलब्ध गराउने तथा घटनामा सङ्लग्न दोषीलाई तत्काल पक्राउ गरी कार्वाही गर्ने सहमतिपछि आज अपराह्न १२ बजेदेखि अवरुद्ध सडक साँझ ६ बजेदेखि सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीले जानकारी दिए।

आन्दोलनरत पक्षले पनि तत्काल आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगन गर्ने र दोषीलाई पक्राउ गर्न सहयोग गर्ने सहमति भएको प्रजिअ कवाडीले बताए। छुरा प्रहारबाट सिरहाको गोलबजार नगरपालिका–६ डोहटियाका २६ वर्षीय रामकुमार सदाको गत शनिबार राति मृत्यु भएको विरोधमा स्थानीय र आफन्तले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका थिए।

अवरुद्ध सडक खुलाउने प्रयास गर्दा प्रहरी र आन्दोलनकारीबीच केही बेर झडपसमेत भएको थियो। सो क्रममा मृतककी दिदी सिरहाको कर्जन्हा नगरपालिका–५ निवासी समलियादेवी सदा र गोलबजारका निकेश सदा घाइते भएको र उनीहरूको गोलबजारस्थित भुमिजा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ५ पुस २०७८ १४:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App