सिटिजन्स बैंक इन्टरनेसनल र त्रिपुरेश्वरस्थित ऐना युनिसेक्स सैलुनबीच व्यावसायिक सम्झौता भएको छ। बैंकका कार्डवाहकलाई विशेष छुट दिने योजनासहित ऐना युनिसेक्स सैलुनको सेवासुविधामा आफ्ना ग्राहकले छुट पाउने बैंकले जनाएको छ।
हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ।
यस सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने विश्वास राख्दै बैंकले मोबाइल बैंकिङमार्फत खानेपानी, बिजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोस्टपेड मोबाइल बिल भुक्तानी र मुद्दती खाताको आवेदन दिन सक्नेलगायत व्यवस्था गरेको जारी विज्ञप्तिमा उल्लेख छ।
हाल बैंकले एक सय ७४ शाखा, एक सय २३ एटिएम र ८७ शाखारहित बैंकिङ एकाइहरूबाट सेवा दिँदै आएको छ।
प्रकाशित: २ पुस २०७८ ०२:५८ शुक्रबार