३ आश्विन २०८१ बिहीबार
image/svg+xml
अर्थ

सिद्धार्थ बैंकको सिइओमा कँडेल नियुक्त

सिद्धार्थ बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुन्दरप्रसाद कँडेल नियुक्त भएका छन्। बैंक सञ्चालक समितिको बैठकले कँडेललाई आगामी चार वर्षे कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो।

बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत शम्भुनाथ गौतमले आफ्नो चार वर्षे कार्यकाल सकेर अवकाश लिने निर्णय गरेपछि कँडेलले कायममुकायम प्रमुख कार्यकारी अधिकृतको रूपमा काम गर्दै आएका थिए। 

कडेलसँग तीन दशकभन्दा लामो कार्य अनुभव रहेको छ। व्यवस्थापनमा स्नातकोत्तर गरेका कँडेल यही बैंकमा १६ वर्षदेखि कायरत थिए।

प्रकाशित: २९ मंसिर २०७८ ०२:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App