२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

एनसेल र राकुटेन भाइबरको साझेदारी

एनसेल आजियाटा लिमिटेड र राकुटेन भाइबरले डाटा प्याकेज प्रदान गर्न साझेदारी गरेको छ।

समझदारीअन्तर्गत हिरो प्याक, ननस्टप युट्युब, ट्रिपल मजा र एसएमएस प्याकको खरिदमा ग्राहकले अब भाइबर चलाउन थप छुट्टै डाटा निःशुल्क पाउने कम्पनीले जनाएको छ।

यी प्याकका साथ भाइबर म्यासेजिङका लागि पाइने डेटामा कुनै अतिरिक्त शुल्क लाग्ने छैन। यो नयाँ अफरसँगै भाइबर म्यासेजिङ, स्टिकर,नयाँ अगमेन्टेड रियालिटी (एआर) लेन्सहरू प्रयोग गर्नका लागि थप डेटामा एनसेलका ग्राहकको पहुँच सुनिश्चित भएको एनसेलले जनाएको छ। त्यस्तै, खरिद गरेपछि मात्र पाइने ‘पेड स्टिकर प्याक’ पनि विशेष गरी एनसेल ग्राहकका लागि निःशुल्क उपलब्ध रहने कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २४ मंसिर २०७८ ०३:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App