२४ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

नाडा नयाँ नेतृत्वको लागि मतदान सुरु

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नयाँ नेतृत्वका लागि निर्वाचन सुरु भएको छ।

बिहान ८ बजे देखि मतदान सुरु हुने भनिए पनि केही समय ढिला सुरु भएको छ। मतदानको लागि नाडाका सदस्यहरु विहान देखि मतदान हुने स्थान राजधानीको सोल्टी होटलमा लामबद्ध भएर बसेका छन्।

नाडाको ४५औं वार्षिक साधारण सभा बुधवार देखि सुरु भएको हो। नाडाको नयाँ नेतृत्वका लागि ब्याबसायी करण चौधरी र ध्रुब थापाले उम्मेदवारी दिएका छन्। 

चौधरी र थापा समूह प्यानलनै बनाएर चुनाबी मैदानमा उत्रिएका छन्। नाडाको नयाँ नेतृत्वको लागि २ हजार २ सय नाडाका सदस्यले मतदान गर्ने छन्।

प्रकाशित: २३ मंसिर २०७८ ०७:२९ बिहीबार

नाडा नयाँ नेतृत्व मतदान सुरु