१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अर्थ

कामना सेवाले 'कामना सेवा फुटसल कप २०२१' को आयोजना गर्दै

'स्वास्थ्य शरीर स्वास्थ्य मस्तिष्क' भन्ने मर्मलाई आत्मसात् गरी कामना सेवा विकास बैंकले पुसको दोश्रो हप्ता पहिलो 'Kamana Sewa FutsalCup 2021' प्रतियोगिताआयोजना गर्ने भएको छ।

बैंकको केन्द्रीय कार्यालय भवन परिसरमाआयोजित एक कार्यक्रमका बीच बैंकका संचालक श्री विश्वेश्वर सुवेदीज्यू तथा प्रमुख कार्यकारी अधिकृत श्री प्रविण बस्नेतले संयुक्त रुपमा उक्त प्रतियोगिताको आधिकारिक रुपमा अनावरण गरी प्रतियोगिताआयोजनागर्ने घोषणा गरेका छन्।

सो प्रतियोगिताको व्यवस्थापनतथा सञ्चालन Khelpati.com ले गर्नेछ भने अखिल नेपाल फुटबल संघ (ANFA) फुटसल कमिटिमा रहनेछ। प्रतियोगितामा बैंक तथा वित्तीय संस्था तथा बीमा कम्पनीहरुलाई सहभागी गराइनेछ।

संस्थाको साख बढाउन दिनरात खटिने बैंक तथा बिमा क्षेत्रका कर्मचारीहरुको स्वास्थ्य तथा निरोगीता प्रवर्धन गर्ने तथा संस्थाहरु बीचमैत्रीपूर्ण सम्बन्ध स्थापित र खेल मैत्रीवातावरण निर्माण हुने कुरामा आफू पूर्ण विश्वस्त रहेको बैंकका संचालक श्री विश्वेश्वर सुवेदीज्यूले बताए। उक्त कार्यक्रममा बैंकका कर्मचारी, सञ्चारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित: २० मंसिर २०७८ ०७:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App