५ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

डाबर नेपालको सम्झौता

आइसिआइएमओडी, डाबर नेपाल प्रालि र तालकोल्ला सिएफयुजीबीच त्रिपक्षीय सम्झौतामा भएको छ। बैतडीमा बहुपक्षीय साझेदारीको सदुपयोग गरी वन र आर्थिक उत्पादकत्व बढाएर जीविकोपार्जन र संरक्षणको परिणाम हासिल गर्न उक्त सम्झौता भएको बताइएको छ।

भौगोलिक र हावापानीका हिसाबले बैतडीमा टिमुर खेतीको राम्रो सम्भावना छ। यही सम्भाव्यताको आधारमा तालकोल्ला सामुदायिक वन प्रयोगकर्ता समूह, डाबर नेपाल र आइसिआइएमओडीले बैतडी डिभिजन वन कार्यालयको सहयोगमा पाँच वर्षको अवधिमा २५ हजार टिमुरको बिरुवा रोप्न सहकार्य गर्दैछ।

यस सार्वजनिक–निजी–सामुदायिक साझेदारीले इकोसिस्टम पुनस्र्थापना,जीविकोपार्जनका विकल्पलाई बढावा दिने र यस क्षेत्रमा दिगो विकासलाई प्रोत्साहन गर्ने जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १७ मंसिर २०७८ ०२:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App