१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

फेसन नेटवर्क नेपालले क्यान्सरविरुद्ध चेतना जगाउने

फेसन नेटवर्क नेपालले क्यान्सरविरुद्ध चेतना जगाउने उद्देश्यले नो सेभ नोभेम्बर फेसन फर कज आयोजना गरेको छ।

फेसन नेटवर्क नेपालले नो सेभ नोभेम्बर फेसन फर कज इभेन्ट २७ नोभेम्बर २०२१, शनिबार छाया सेन्टर ठमेलमा आयोजना गरेको हाे। फेसन कोच, कोरियोग्राफर र अभिनेता प्रशान्त ताम्राकारले क्यान्सरविरुद्ध चेतना जगाउन र मद्दत गर्न यो कार्यक्रमको आइडिया सुरु गरेका छन्।

नो सेभ नोभेम्बर एक महिना लामो अभियान हो जुन हरेक वर्ष विश्वभरि क्यान्सर रोकथाम, अनुसन्धान र शिक्षा, जीवन बचाउन र लडाइँ लड्नेहरूलाई सहयोग गर्नको लागि सचेतना र कोष जुटाउन विश्वभर मनाइन्छ।

विभिन्न व्यक्तित्वहरूलाई क्यान्सरविरुद्ध लड्न 'सँगै हिँडौँ' भन्ने नाराका साथ एक ठाउँमा भेला गर्न र कोष सङ्कलन र दान गर्न, क्यान्सरविरुद्धको लडाईलाई समर्थन गर्न सुरु गरिएको कार्यक्रममा विभिन्न सेलिब्रेटीहरू, व्यावसायी  परिवार र बालबालिकाहरूले भाग लिएका थिए। उनीहरु सबैले र नवेमा सचेतना र सहयोग सन्देशसहितका विभिन्न कार्ड बोकेर हिँड्दै क्यान्सरविरुद्धको लडाइमा आफ्नो ऐक्यबद्धता देखाएका थिए। धेरै कम्पनी र ब्रान्डहरूले आफ्नो समर्थन विस्तार गर्न यस कार्यक्रमलाई समर्थन र प्रायोजित गरे।

कार्यक्रममा नेपाल सौन्दर्य कला व्यावसाय संघका अध्यक्ष तथा वरिष्ठ सौन्दर्य विद्कमला श्रेष्ठ, अभिनेता सरोज खनाल, सञ्चारकर्मी मालविका सुब्बा, सरिता श्रीज्ञवाली, समीर मणिदीक्षित, उरुषा जोशी, मिस नेपाल इभाना मानन्धर, गायिका अभया सुब्बा, डा. सुजिता हिराचन, नेपाल ब्रेस्ट क्यान्सर फाउन्डेसन, दक्षिण भारतमा रहेका अभिनेता तथा निर्देशक विष्णु अधिकारी र अन्य धेरै प्रतिष्ठित अतिथिहरूसहित अन्य सहभागीहरू रन वेमा सहभागी थिए।

गायक अल्मोडा राणा उप्रेती, मेघा श्रेष्ठ, आफ्रिता खड्गी र सन्देश राई कोइरालाको दमदार प्रस्तुतिले कार्यक्रमलाई थप जीवन्त बनाएको थियो।

फेसन नेटवर्क नेपालका संस्थापक प्रशान्त ताम्राकार र शेखरराज कसजुले रन वे सहभागीताबाट संकलन भएको कोष नेपाल क्यान्सर रिलि फसोसाइटी र नेपाल ब्रेस्ट क्यान्सर फाउन्डेसनलाई हस्तान्तरण गरिने बताए।

प्रकाशित: १६ मंसिर २०७८ ०८:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App