१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

अमेरिकामा खुल्यो जेनिस सलुसन

डिजिटल प्रविधि सेवा प्रदान गर्ने कम्पनी, जेनिस सलुसनले अमेरिकामा आफ्नो पहिलो कार्यालय खोलेको छ।

ब्रिटेनमा मुख्यालय रहेको उक्त कम्पनीको नेपाल, भारत, पाकिस्तान, बंगलादेश, अस्ट्रेलिया र फिनल्यान्डमा कार्यालय छन्। जेनिस सलुसन अमेजन वेब सर्भिसेज, गुगल तथा माइक्रोसफ्टको आधिकारिक सेवा प्रदायक पनि हो।

जेनिसले यसभन्दा पहिले नै अमेरिकास्थित केही ठूला बैंकहरूलाई आफ्नो सेवा प्रदान गर्दै आएको छ। अमेरिकास्थित नयाँ कार्यालयबाट जेनिसले सिलिकन भ्याली र फर्चुन पाँच सय कम्पनी लगायतमा आफ्नो सेवा विस्तार  गर्ने लक्ष्य लिएको छ। 

प्रकाशित: १३ मंसिर २०७८ ०३:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App