१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

विश्व मत्स्य दिवसमा जगदीशपुर तालमा १० हजार माछाको भुरा

विश्व मत्स्य दिवसका अवसरमा कपिलवस्तु नगरपालिकास्थित विश्व सिमसार क्षेत्रमा सूचीकृत जगदीशपुर तालमा १० हजार माछा भुरा हालिएको छ। भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले दिवसमा अवसरमा तालमा स्थानीय र विकासे जातका माछाका भुरा हालेको हो।

जगदशीपुर जलाशय व्यवस्थापन बहुसरोकार मन्चका अध्यक्ष ललित गुरुङ, वडा नम्म्बर ९ का अध्यक्ष शिवबहादुर वाग्ले लगायतले तालमा भुरा हालेका थिए। तालमा कमन, बिहेड, सिल्भर, रहु र नैनी दुई दुई हजारका दरले भुरा हालिएको विज्ञ केन्द्रका प्रमुख उत्तम आचार्यले बताए।

सो अवसरमा बहुसरोकार मन्चका अध्यक्ष ललित गुरुङले मनोरम तालमा विज्ञ केन्द्रले माछाको भुरा हाल्नु राम्रो काम भएको बताए। उनले १ सय ५७ हेक्टरमा फैलिएको तालमा ३० किलो बढीको माछा र विभिन्न पंक्षीहरु समेत रहेको बताए। उनले तालमा रहेको माछालाई सरकारले व्यवस्थापन गर्न दिनु पर्ने माग गरे। सिमसारको नाममा माछा मार्न नहुने भन्ने कुरा गलत भएको भन्दै माछाको व्यवस्थापन हुनुपर्ने बताए।

सो अवसरमा वडा अध्यक्ष वाग्लले तालमा माछाको भुरा हालेर विज्ञ केन्द्रले सही काम गरेको बताए। उनले तालको संरक्षण र विकासका लागि माछाको व्यवस्थापन हुनुपर्ने बताए। कार्यक्रममा विज्ञ केन्द्रका प्रमुख आचार्यले तालमा रहेका माछाको संरक्षण र प्रबद्र्धनका लागि भुरा हालिएको बताए।  

देशमा ९१ हजार ८३२ र कपिलवस्तुमा २ हजार ३४ मेट्रिक टन माछा उत्पादन हुने गरेको छ। यस वर्ष जिल्लामा १५  हेक्टर क्षेत्रमा माछा मिशन कार्यक्रम संचालन गरिने र २ वटा जिउँदो माछा पसल चलाइने विज्ञ केन्द्रका प्रमुख आचार्यले बताए। कपिलवस्तुलाई माछको पकेट क्षेत्र बनाउनका लागि कृषकहरुलाई माछापालनतर्फ आकर्षित गराई अनुदान समेत दिनुपर्ने बताए।

प्रकाशित: ५ मंसिर २०७८ १४:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App