१९ आश्विन २०८१ शनिबार
image/svg+xml
अर्थ

व्यवसायीलाई करप्रति आकर्षित तुल्याउनुपर्नेमा जोड

उद्यमी व्यवसायीहरुलाई करप्रति त्रसित होइन आकर्षित तुल्याउनुपर्नेमा जोड दिइएको छ। भक्तपुर उद्योग वाणिज्य संघका पदाधिकारीहरुले आइतबार आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत ताराप्रसाद भुसालसँंग भेट गरी यस्तो आग्रह गरेका हुन्।

अध्यक्ष शिवप्रसाद मानन्धरको नेतृत्वमा पदाधिकारी सम्मिलित एक टोली र आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत ताराप्रसाद भुसाल तथा अन्य कर अधिकृतहरुको सहभागितामा उद्यमीव्यवसायीहरुको लागि कर सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने विषयमा छलफलमा यस्तोा आग्रह गरिएको हो।

प्रमुख कर अधिकृत भुसाललाई भक्तपुर जिल्लामा स्वागत गर्दै अध्यक्ष मानन्धरले जिल्लाका उद्यमी व्यवसायीहरुलाई करप्रति त्रसित होइन आकर्षित तुल्याउनुपर्नेमा जोड दिए। यसका लागि आन्तरिक राजस्व कार्यालयसित मिलेर संघले करदाता जागरण कार्यक्रमहरुको आयोजना गर्दै जाने विचार व्यक्त गरे।

प्रमुख कर अधिकृत ताराप्रसाद भुसालले करबारे शिक्षा दिने कुरामा विशेष ध्यान दिएर कार्यक्रमहरु तर्जुमा गर्दै जाने विश्वास दिलाउँदै विगतमाझै आफ्नो कार्यकालमा पनि स्थानीय उद्योग वाणिज्य संघसित सहकार्य गर्दै अघि बढने बताए।

प्रकाशित: ५ मंसिर २०७८ १३:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App