७ वैशाख २०८१ शुक्रबार
अर्थ

टाटा सफारीको नयाँ मोडल बजारमा उपलब्ध

सिप्रदी ट्रेडिंग प्रा.लि.ले नेपाली बजारमा टाटा सफारीको नयाँ मोडल लन्च गरेको छ। टाटा मोटर्स्को आधिकारिक बिक्रेता रहेको सिप्रदीले लन्च गरेको यस सफारीमा बि.एस. सिक्स इन्जिनको प्रयोग गरिएको छ।

भारतमा निर्माण गरिएको एस.यू.भी टाटा सफारी नेपालका विभिन्न सडकहरुमा सहजै गुड्ने कम्पनीले विश्वास लिएको छ। सिप्रदीका प्यासेन्जर भेइकल बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतिका अनुसार सफारीको यो मोडल मिडियम साइजमा रहनुका साथै फुल फ्लेज्ड पनि छ। यो मोडलमा प्रयोग भएको इन्जिनले कम मात्रामा कारबन उत्सर्जन गर्छ। जसले गर्दा सफारी वातावरणमैत्री रहेको उनले नागरिकलाई बताए।

सफारीमा प्रयोग भएको लेटेस्ट टेक्नोलोजीका कारण यो पूर्ण रुपमा एस.यू.भी भएको प्रमुख सिजापतिले बताए। टाटा सफारी एक्स.जेड.ए प्लसको अगाडिको भागमा एयरोडाइनामिक हुड पियानो ब्ल्याक सफारी मस्कोट रहेको छ। मस्कोटको मुनि क्रोम फिनिस्ड ट्राइ एरो फ्रन्ट ग्रिली ह्युम्यानिटी लाइन र बीच(सेन्टर) मा टाटाको लोगो देख्न सकिन्छ। ग्रिलसँगै दुईवटा जेनन एचआइडी प्रोजेक्टर हेडल्याम्पस् र एलइडी डिआरएल फग ल्याम्पस् जडान गरिएको छ।

सफारीमा सिग्नेचर ट्वीन लाईट एलइडी टेल ल्याम्पस्का साथै २०५ एमएमको ग्राउन्ड क्लियरेन्सको डिस्क ब्रेक छ। सफारीको ढोकाको ह्यान्डल क्रोम फिनिसिंग¨र सेन्सर पनि राखिएको छ। सिग्नेचर यासउड र नप्पा ग्रेन टपलेयर बनावटमा निर्माण गरिएको यस सफारीको ड्यासबोर्ड नरम खालको छ। सेन्टर कन्सोलमा २२.३५ सेन्टिमिटर हाई रिजोलुसन फ्लोटिंग आइल्यान्ड टचस्क्रिन उपलब्ध छ। एन्ड्रोयड अटो रेप्लिकेसन र एप्पल कार प्ले सिस्टमले सफारीलाई झनै आकर्षक बनाएको छ। 

यसबाहेक इन्टेरियरका विशेषतामा ग्लोभ कम्पार्टमेन्ट र सेन्ट्रल आर्मरेस्ट विथ बोटल होल्ड र कुलिंग कम्पार्टमेन्ट रहेको छ। सफारीको सबै ढोकाको भित्री भागमा स्पेसियस बोटल होल्डर्स र ग्लोरिफाईड आर्मरेस्टहरु राखिएका छन्। टाटा सफारी एक्स.जेड.ए. प्लस मोडलमा सात जना यात्रु क्षमता रहेको छ। सफारी मध्यम आकारको एस.यू.भी गाडी हो जसलाई ग्लारियस एक्सटेरियर र लक्जेरियस आर्किटेक्टले इन्टेरियर डिजाइन गरेका छन्।

एस.यू.भी सफारीमा आकस्मिक सेवाका लागि ६ वटा एयर ब्याग रहेको छ। ५० लिटरको फ्युल क्यापासिटी भएको र प्रतिघण्टा १६.१४ किलोमिटरको माइलेज दिने नयाँ टाटा सफारी एक्स.जेड.ए. प्लस देशभरिका १४ वटा शोरुममा उपलब्ध छ। यस्तै, २५ वटा सर्भिस सेन्टरमा ग्राहकलाई सुविधा दिँदै आएको पनि सिजापतिले जानकारी दिए।

सफारीको पछाडिको भागमा सिग्नेचर ट्वीन लाईट एलइडी टेल ल्याम्पस रहेको छ। रियर भिउ क्यामेरा पछाडिको ढोकाको ह्यान्डेलमुनि राखिएको छ। यसको साथमा स्टाइलिस स्किड प्लेट्स रहेको छ। टाटा सफारीको माथिल्लो भागमा रुफ रेल्स सफारी लोगोसहित सार्क फिन एन्टिना छ। प्यानोरामिक सनरुफ पनि रहेको यस भागले सफारीलाई एक डायनामिक लुक दिएको छ।

सफारीको इन्टेरिएर लुक्स झनै आकर्षित छ। लेदरले बेरिएको स्टियरिंग ह्वीलमा टिल्ट र टेलिस्कोपिक एडजस्टमेन्ट सँगै रहेका छन्। यससँगै माउन्टेड मल्टिमिडिया कन्ट्रोल पनि जोडिएको छ। सेभन जेबिएल स्पिकर्स र क्रुज कन्ट्रोल पनि उपलब्ध रहेको यस सफारीलाई कन्स्ट्यान्ट स्पिडमा रहन यसले मद्धत गर्छ।

सफारीले आफ्नो एस.यू.भीको यस मोडलमा उत्कृष्ट ब्रान्डहरुको प्रयोग गरेको छ। जसले यस मोडलमा यात्रुलाई अत्यन्तै आरामदायी यात्राका लागि विशेष सहयोग पुग्ने छ। विभिन्न युनिटहरुलाई मिश्रण गर्दै यस मोडलाई क्रोम फिनिसिंग दिएको छ। सफारीको सिटमा प्रयोग गरिएको लेदर सिग्नेचर ओएस्टर वाइट परफोरेटेड लेदर हुन् जसले यात्रुलाई सफारीमा प्रीमियम एस.यू.भीको महसुस गराउँदछ।

ड्राइभर सिटमा भने लुम्बार सपोर्टको प्रयोग भएको छ र यसलाई लेफ्ट साइडह्यान्डलबाट राखिएको छ। जसबाट कस्टमाइज समेत गर्न सकिन्छ भने उचाईलाई पनि परिवर्तन गर्न सकिने व्यवस्था छ। प्यासेन्जर क्याबिनतर्फकोे मध्य सिटमा हिँड्न आर्मरेस्ट छ। सफारीमा स्पेसलाई अत्यन्त ध्यान दिएर प्रयोग गरिएको छ। यस मोडलमा झ्यालको दुवैतर्फ ए.सी जडान गरिएको छ। सिटहरुलाई सजिलै फोल्ड गर्न सकिन्छ। यस मोडलमा ४२० लिटरको बुट स्पेस पनि उपलब्ध छ।

यो गाडीको मूल्य ८१ लाख ९९ हजार रुपैयाँँबाट सुरु हुन्छ। सो  गाडी खरिद गर्दा चाडपर्वमा ३ लाख ५० हजार र अन्य समयमा २ लाख रुपैयाँसम्मको छुटको व्यवस्था समेत गरिएको छ। यसका साथै ३६५ दिन नै एक्सचेन्जको पनि सुविधा रहेको प्रमुख सिजापतिले बताए। सफारी अहिले विभिन्न चारवटा कलरमा उपलब्ध छ। टाटा मोटर्सका देशभर २५ वटा सर्भिस सेन्टरहरु छन्।

थप जानकारीको लागि आजै नजिकैको शोरुममा सम्पर्क राख्नु होला।

प्रकाशित: ५ मंसिर २०७८ ०८:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App