१६ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

२४ घण्टामा ७ लाख नेपालीलाई सेवा दिँदै दराज

२४ घण्टाभित्र ७ लाख अनलाइन खरिदकर्ताहरूलाई सेवा प्रदान गर्दै दराज ११.११ को चौथो संस्करणले पछिल्ला वर्षको सबै रेकर्ड बनाएको छ। ३६ करोड भन्दा बढीको बिक्रीसाथ याे अहिले सम्मकै सबैभन्दा ठूलो एक–दिवसीय सेल भएको कम्पनिले जानकारी दिएको छ।

अभियान सुरु भएको पहिलो घण्टामै ६ करोडको उत्पादन बिक्री भएको जनाउँदै गत वर्षको पहिलो घण्टाको तुलनामा १३० प्रतिशतले बढी रहेको दराजले जनाएको छ। गतवर्षको रेकर्ड तोड्दै यो अभियानमा ५० प्रतिशतभन्दा बढी बिक्री अनलाइन प्रि–पेमेन्ट मार्फत भएको छ।

११.११ को भव्य सफलतापछि आउने दिनहरुमा ग्राहकहरुको लागि ११.११का लोकप्रिय अफर र बिभिन्न ब्रान्ड हाइलाइटहरू लिएर आउने दराजले घोषणा गरेको छ।

प्रकाशित: २८ कार्तिक २०७८ १२:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App