३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
अर्थ

भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा मानन्धर

भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा शिवप्रसाद मानन्धर अध्यक्षमा चुनिएका छन्। संघको शनिबार सम्पन्न दुईदिने ३४ औं साधारणसभा तथा अधिवेशनबाट मानन्धर स्वतः अध्यक्षमा चुनिएका हुन्। निवर्तनमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने संघको प्राबधान अनुसार यसअघि वरिष्ठ उपाध्यक्ष रहेका मानन्धर स्वतः अध्यक्ष चुनिएका हुन्।  

संघको वरिष्ठ उपाध्यक्षमा रोशनीमैयाँं धौबन्जा निर्वाचित भएकी छिन्। प्रतिस्पर्धी महेश धौबन्जालाई पराजित गरी रोशनीमैयाँं वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुन सफल भएकी हुन्। साथै संघको उपाध्यक्ष (साधारण) तर्फ कृष्णमुरारी न्यौपाने निर्वाचित भएका छन्।  

प्रतिस्पर्धी राजन श्रेष्ठलाई पराजित गरी न्यौपाने साधारणतर्फको उपाध्यक्ष निर्वाचित हुन सफल भएका थिए। यी दुईवटा पदमा बाहेकका अन्य सवै पदहरुमा सहमति अनुसार सर्वसम्मत रुपमा चुनिएका थिए।

यसअघि उपाध्यक्ष (वस्तुगत)तर्फ राजेन्द्रप्रसाद प्रजापति, उपाध्यक्ष (एसोसियट)तर्फ गणेशहरि प्रजापति, महासचिव दिनेश गोसाई, सचिव विश्वराम दुवाल र कोषाध्यक्षमा सचिन्द्र प्रधानांग सर्वसम्मत भएका थिए। साथै सदस्यहरुतर्फ अमरबहादुर मानन्धर, ऋषिकेश श्रेष्ठ, गोकर्ण न्यौपाने, गौतम सुजखू, नवीन प्रजापति, नरेश सुकुपायो, पृथ्वीभक्त प्रजापति, रञ्जित मारिखू, राजेश त्वानाबासु(राजु) र रुकेश रञ्जित सर्वसम्मत रुपमा चुनिएका थिए।

साथै सदस्य(वस्तुगत)तर्फ श्यामप्रसाद मानन्धर, सदस्यहरु(एसोसियट)तर्फ जितेन्द्र खायमली, राजेश त्वानाबासू र लोव्साङ्ग लामा सर्वसम्मत रुपमा चुनिएका थिए।

साथसाथै कार्यसमिति सदस्य(महिला) तर्फबाट पनि आस्था साख र श्रीया बल्ल सर्वसम्मत रुपमा चुनिएका थिए। यसअघि साधारणसभा तथा अधिवेशनको उद्घाटन शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले गरेका थिए। 

प्रकाशित: २७ कार्तिक २०७८ ११:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App