९ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

सहकारीको साधारणसभामा एमसीसीको विरोध

उद्घाटन मन्तव्य राख्दै नेमकिपाका केन्द्रीय सदस्य उकेश कवां।

भक्तपुरको एउटा सहकारी संस्थाको साधारणसभा उद्घाटन कार्यक्रममा एमसीसीको विरोध भएको छ। जय भीमसेन बचत तथा ऋण सहकारी संस्था गोल्मढी भक्तपुरको शनिबार भएको १४ औं वार्षिक साधारणसभा उद्घाटन समारोहका वक्ताहरुले एमसीसी नेपालको हित विपरित भएको बताए।

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य उकेश कवांले देश र देशवासीको हित विपरित ल्याउन लागिएको एमसीसी कुनै हालतमा स्वीकार्य नहुने बताए। तीन ठूला राजनीतिक दल नेपाली कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरु एमसीसीको पक्षमा रहेको भन्दै उनले यी ठूला दलहरुले जुनसुकै समयमा एमसीसी पारितको प्रक्रियामा जानसक्ने भएकाले यसबारे सबैजना सचेत रहनुपर्ने आवश्यता औंल्याए। फरक प्रसंगमा उनले चलिरहेको जनगणना कार्यक्रममा सक्रियतापूर्वक सहभागी हुन पनि सबैसँंग आग्रह गरे।

कार्यक्रममा भक्तपुर जिल्ला बचत तथा श्रृण सहकरी संघ लिमिटेडका व्यवस्थापक बालकृष्ण ध्वजू, संस्थाका कानुनी सल्लाहकार रामप्रसाद प्रजापति, संस्थाका सल्लाहकार न्हुछेंभक्त कवां, निवर्तमान अध्यक्ष रत्नबहादुर शिल्पकार, संस्थापक अध्यक्ष गणेशभक्त खिचाजू, संस्थाका अध्यक्ष रामकाजी शिल्पकारलगायतले संस्थाका विविध पक्षमा चर्चा गरे। कार्यक्रममा प्रमुख अतिथि, अतिथिलगायतलाई मायाको चिनो पनि प्रदान गरिएको थियो।

प्रकाशित: २७ कार्तिक २०७८ ०८:३६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App