२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
अर्थ

वेलकमद्वारा सामग्री प्रदर्शनी

वेलकम इभेन्ट म्यानेजमेन्टले शुभ कार्यका लागि आवश्यक पर्ने सामग्रीको दुईदिने प्रदर्शनी गरेको छ। ग्रुपको मुख्य कार्यालय पुरानो वानेश्वरमा सुरु भएको दुईदिने महोत्सवमा न्वारन, पास्नी, व्रतबन्ध, विवाह आदिमा आवश्यक सामग्री प्रदर्शनीमा राखिएको हो।

प्रदर्शनीमा न्वारनका लागि आवश्यक पर्ने चाँदीका थाल, कचौरा, पास्नीमा आवश्यक पर्ने चौरासी व्यञ्जनका लागि चाँदीका भाँडा, छाता, झल्लर र व्रतबन्धका लागि आवश्यक पर्ने डालो, धनुषबाण, डोलीलगायत सामग्री राखिएका छन्।  

यसैगरी विवाहका लागि मण्डप, पार्टीस्थल सजावटदेखि फोटो तथा भिडियोका लागि नेपाली परम्परागत शैलीको जग्गे, साहिपाटाका लागि आवश्यक सम्पूर्ण सामग्री, बेहुला तथा बेहुलीको शृंगार, क्याटरिङ, विभिन्न बाजालगायत सामग्री प्रदर्शनीमा राखिएका छन्। प्रदर्शनी शनिबारसम्म जारी रहनेछ।

प्रकाशित: १४ कार्तिक २०७८ ०२:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App