५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

टाठाबाठाले गाउँको जमिन ‘होल्ड’ गरे

बाँझो जमिनलाई धितो राखेर ऋण लिने परम्परालाई अन्त्य गर्नुपर्ने गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले बताएका छन्। पछिल्लो समय बाँझो जमिनलाई धितो राखेर अन्यत्र लाग्ने परम्परालाई अन्त्य गर्नुपर्नेमा उनको जोड थियो।  

टाठाबाठाले गाँउका जग्गा खरीद गरेर बाँझो राखी ऋण लिने प्रवृत्ति बढदै गएको यथार्थ मन्त्री बरालले सुनाए। ‘टाठाबाठा एवं हुनेखाने व्यक्तिले गाँउका डाँडापाखा खरिद गरेर बैंकबाट ऋण लिदाँ जमिन सबै बाँझो राखेका छन्,’ उनले भने, ‘बाँझो जमिनलाई स्थानीयले कृषिको लागि उपयोग गर्नुपर्छ।’ उनले बाँझो जमिनलाई उपयोग गरेर उत्पादन बढाउने तर्फ ध्यान दिनुपर्ने बताए।  

‘बाँझो जमिनबाट उत्पादन बढाउन सकिदैन्,’ उनले भने, ‘गाँउको आर्थिक विकास र समृद्धि हासिल गर्न सकिदैन।’ स्थानीयले जमिनलाई कृषिजन्य उत्पादनमा उपयोग गर्न नसक्दा केही त्यस्ता जग्गाहरु बस्तीविहीन हुन पुगेको उनले स्पष्ट पारे। बाँझो जग्गा राखेर बैंकबाटै एकले अर्कोलाई चर्को मुल्यमा जग्गा कारोवार गर्ने प्रबृत्ति रहेको जिकिर गर्दै मन्त्री बरालले गाँउ ठाँउका जग्गालाई पर्यटकीय गतिविधि उपयोग गर्ने तर्फ ध्यान दिनुपर्ने उल्लेख गरे।  

फेवाताल, हिमश्रृंखला, पोखरा सहितको दृश्यावलोकनको निकै रमणियस्थल सिम्ले,पात्ले क्षेत्रका स्थानीयलाई तत्काल गाँउ नछाड्न आग्रह गर्दै मन्त्रीले त्यस क्षेत्रमा सामुहिक रुपमा व्यवसायीक कृषि खेती गर्न सुझाव दिए। सुत्केरी महिलालाई समेत उपचार गर्न घण्टौं लाग्नेस्थितिलाई अन्त्य गर्न एम्बुलेन्स सेवा सञ्चालन गर्न बाटो स्तरोन्नति गर्न पहल गर्ने बताए।  

पोखरा २२ का वडा अध्यक्ष मित्रलाल बरालले सिम्ले, पात्ले, अनदु क्षेत्र पर्यटकीय महत्वले निकै रमणयि भए पनि विकासमा पछि परेको बताए। वडामा कम बजेट हुदा आफुहरुले चाहेर पनि विकास गर्न नसकेको उनको भनाई थियो। वडा सदस्य मात्रिका बरालले कोरोना बिरुद्धको खोप लगाउन अझै धेरै घरमा छुटेकोले सम्बन्धित ठाँउमा पुगेर खोप लगाउन आग्रह गरे।  

नेकपा माओबादी केन्द्रपोखरा २२ का वडा कमिटिका अध्यक्ष चण्डीकाप्रसाद बरालले सिम्ले पात्ले क्षेत्रमा जनताको लागि अहिलेको पहिलो आवश्यकता भनेको सडक बाटो नै रहेको बताए। स्थानीय ध्रुवराज बरालले फेवाताल र पोखराको मुख्यबजारबाट नजिक भएर पनि आफ्नो गाँउ ठाँउ पिछडिएको गुनासो गरे। फेवा हिमालयन पर्यटन मार्ग बाटो निर्माण समितिका अध्यक्ष दण्डपाणि बरालले ६७ घर परिवार मध्य बाटोको कारण हाल ५० प्रतिशत स्थानिय बिस्थापित भएको दाबी गरे। 

प्रकाशित: १० कार्तिक २०७८ ०७:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App